सिजन मिडियाको अस्ट्रेलियामा प्रोफेशनल अचिभमेन्ट अवार्ड सम्पन्न « Khabarhub

सिजन मिडियाको अस्ट्रेलियामा प्रोफेशनल अचिभमेन्ट अवार्ड सम्पन्न


२९ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सिजन मिडियाले हिमाली कल्चरल ग्रुप र इभेन्ट्स नेपाल अस्ट्रेलियासँगको सहकार्यमा प्रोफेशनल अचिभमेन्ट अवार्ड २०२५ अस्ट्रेलियामा आयोजना गरी सम्पन्न गरेको हो ।

लामो समयदेखि अस्ट्रेलियामा आएर विभिन्न पेशा व्यवसाय गरी सफलता प्राप्त गरेका व्यावसायिक व्यक्तित्वहरूको लागि
सम्मान समर्पित गरिएको हो । 

कार्यक्रमको मुख्य अतिथि अस्ट्रेलियाको भिक्टोरियामा नेपालका वाणिज्यदूत निराजन गौलीको उपस्थिति थियो । उनले अवार्ड पाउनेलाई बधाई दिँदै नेपाली समुदायभित्र पेशागत उत्कृष्टतालाई सम्मान गर्नको महत्वबारे प्रकाश पारे ।

‘यस्ता कार्यक्रमहरू केवल अवार्ड वितरणका लागि होइन, यो कार्यक्रम परिश्रमको उत्सव हो, युवा पुस्तालाई प्रेरित गर्दछ र अस्ट्रेलियामा नेपाली व्यावसायिक व्यक्तित्वहरूको योगदानको सम्मान सम्मान गर्ने बताए । 

उक्त अवार्ड कार्यक्रममा कानून, व्यवसाय, शिक्षा, अनुसन्धान, समुदाय सेवा, मिडिया, प्रविधि र उद्यमशीलता जस्ता विभिन्न क्षेत्रका सफल व्यक्तित्वहरूको लागि अवार्ड वितरण गरिएको आयोजक संस्थाका अध्यक्ष प्रदिप राज वन्तले बताए ।  

प्रकाशित मिति : २९ भाद्र २०८२, आइतबार  ६ : ५९ बजे

वरिष्ठ उपसभापतिमा निर्विरोध बनेका विश्वप्रकाश शर्माले गरे मतदान

काठमाडौँ – नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा निर्विरोध वरिष्ठ उपसभापति

कांग्रेस महाधिवेशन: सभापतिको मतगणना आजै राष्ट्रिय सभागृहमा हुने, अन्य पदको सानेपामा गरिने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सभापति पदका लागि खसेको

दोलखामा विकास निर्माणका काम अलपत्र पार्ने २२ निर्माण व्यवसायीको ठेक्का तोडिए

दोलखा – दोलखामा वर्षौंदेखि विकास निर्माणका काम अलपत्र पार्ने २२

गगन थापाले राष्ट्रिय सभागृहमा पुगेर गरे मतदान

काठमाडौँ – नेपाली कांग्रेसका सभापतिका उम्मेदवार गगनकुमार थापाले राष्ट्रिय सभागृहमा