गाईघाटमा तरकारीको मूल्य दोब्बर बढ्यो | Khabarhub Khabarhub

गाईघाटमा तरकारीको मूल्य दोब्बर बढ्यो


२९ भाद्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

उदयपुर – जेनजी पुस्ता’को आन्दोलनदेखि सेनाको निषेधाज्ञासम्मको अवस्था बिस्तारै हटेपछि उदयपुरको सदरमुकाम गाईघाटको अवस्था सामान्य बन्दै गएको छ भने अहिले तरकारीको मूल्य दोब्बरले वृद्धि भएको छ ।

उपभोक्ताहरु भन्छन्, “भदौ २३ गतेभन्दा अघिको सब्जीको मूल्य र अहिले आन्दोलनपछि सेनाको निषेधाज्ञा हटेपछी तरकारीको मूल्य वृद्धि भएको छ ।”

त्रियुगा नगरपालिका–११ शान्तिनगरकी गोमा कार्कीका अनुसार आन्दोलन र निषेधाज्ञापछि अहिले उपभोक्ताले सबैभन्दा बढी समस्या तरकारीको मूल्यमा झेल्न परिरहेको कार्कीले बताइन् । आन्दोलनअघि सम्म प्रतिकिलो रु ४० देखि रु ५० मा पाइने फर्सी र करेला तथा रु ८० देखि रु १०० मा प्रतिकिलोमा पाइने खुर्सानीको दोब्बरले मूल्य वृद्धि बढेको सन्जीता खत्रीको गुनासो छ ।

यसैगरी, आलु, काँक्रा, गाजर, खुर्सानी, टमाटर, मूलाको मूल्य दोब्बरले वृद्धि भएको कारण अहिले उपभोक्ताले किनेर खान झनै समस्या हुन थालेको गाईघाट सुनगाभाटोलका भोला कार्कीले बताइन्।

आजदेखि सदरमुकाम गाईघाट बजारमा सरकारी कार्यालय खुलेका र जनजीवन सामान्य बन्दै गए पनि हरियो तरकारी तथा सब्जीको मूल्य दोब्बरले वृद्धि भएको कारण उपभोक्ता मारमा पर्नु परेको उपभोक्ताको गुनासो छ ।

उदयपुरमा तरकारी कम उत्पादन हुने गरेका कारण जिल्लाबाहिर सप्तरी, सिरहा, धनुषा र सुनसरीबाट तरकारी व्यापारीले आपूर्ति गरेर बिक्री गर्ने गरेका र आन्दोलन तथा निषेधाज्ञाको समयमा बाहिरबाट र जिल्लाभित्रबाट समेत गाउँघरका तरकारी खरिद गर्न नसकिएका कारण सामान्य मूल्य वृद्धि भएको व्यापारी बताउँछन् ।

प्रकाशित मिति : २९ भाद्र २०८२, आइतबार  १० : १६ बजे

‘हरिबहादुरको जुत्ता’का दर्शक भेट्न नेपालगञ्ज पुगे हरिवंश

काठमाडौं – कलाकार हरिवंश आचार्य दर्शकलाई भेट्न नेपालगञ्ज पुगेका छन्

भूमिहीनलाई जग्गा माग गर्दै काठमाडौंमा प्रदर्शन (तस्बिरहरू)

काठमाडौं – भूमि समस्या समाधान आयोग खारेज गर्ने निर्णय फिर्ता हुनुपर्ने

ओलीजीले ११ औँ महाधिवेशनबाट बिदा लिनुपर्छ : सुरेन्द्र पाण्डे (अन्तर्वार्ता)

काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डे अहिले नेतृत्व परिवर्तनको पक्षमा

नागरिकको छातीमा दागेको गोलीको जिम्मा राज्यले किन लिँदैन ?

काठमाडौं- भदौ २३–२४ मा भएको जेन–जी आन्दोलनमा प्रदर्शनकारीको टाउको, छाती

विदेशी मुद्राको सञ्चिति २९ खर्ब नजिक पुग्यो, १६ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त 

काठमाडौं– नेपालमा विदेशी मुद्राको सञ्चिति २९ खर्ब नजिक पुगेको छ