आज २०८२ साल असोज २८ गते मंगलबारको राशिफल « Khabarhub

आज २०८२ साल असोज २८ गते मंगलबारको राशिफल


२८ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज मिति २०८२ साल असोज २८ गते मंगलबार । कात्तिक कृष्ण पक्षको अष्टमी तिथि । तदनुसार सन् २०२५ अक्टोबर १४ तारिख । आज भौमाष्टमी व्रत तथा  गोरखकाली पूजा रहेको छ ।  नक्षत्र अनुसार १२ वटा राशि हुन्छन् । चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ । त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्यो. प. सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेश:

मेष : आज मेष राशी हुनेहरुको दिन राम्रो छ। साथीभाइको साथ मिल्नेछ। बोलीको प्रभावले महत्त्वपूर्ण काम बन्नेछ। राजनीतिक क्षेत्रमा तपाईंको नामको चर्चा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

वृष : आज वृष राशी हुनेहरुको दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ। विपक्षीले आलोचना गरेको सुन्नुपर्नेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा थप समस्या हुनेछ। संकटमा परिवारको साथ मिल्ने योग छ।

मिथुन : आज मिथुन राशी हुनेहरुको दिन राम्रो छ। साथीभाइको साथ मिल्नेछ। बोलीको प्रभावले महत्त्वपूर्ण काम बन्नेछ। हरेक काममा साथीको साथ मिल्नेछ । राजनीतिक क्षेत्रमा तपाईंको नामको चर्चा हुनेछ। परिवारको साथमा रमाइलो गर्ने अवसर मिल्नेछ।

कर्कट : आज कर्कट राशी हुनेहरुको दिन सामान्य छ। व्यवहार गर्दा सचेत बन्नुपर्ने छ । नसोची बोलेको कुराले आफैंलाई संकटमा पार्नेछ। व्यापार डुब्ने जोखिम देखिन्छ। विपक्षीसँग सहमति गरेर अगाडि बढेमा दिन सहज बन्नेछ।

सिंह : आज सिंह राशी हुनेहरुको दिन सामान्य राम्रो छ। दाजुभाइसँगको सहकार्यले फाइदा हुनेछ। शनिको प्रभावले मनमा चञ्चलता बढ्नेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुन्छ।

कन्या : आज कन्या राशी हुनेहरुको दिन राम्रो छ। धनलक्ष्मी योग छ। डुब्न लागेको सम्पत्ति हात लाग्नेछ। स्वास्थ्यमा सुधारका सङ्केत देखिने छन्। स्वदेशको भन्दा विदेशको लगानीबाट नाफा हुनेछ। परिवारको सल्लाह र सुझाव अनुसार अगाडि बढ्नु उचित हुन्छ।

तुला : आज तुला राशी हुनेहरुको दिन राम्रो छ। तपाईंको राशिमा चन्द्रमा पुगेकाले मन शान्त र प्रशन्न हुनेछ। विज्ञसँगको भेटले मन शान्त बन्नेछ । शिक्षामा गरेको गहिरो अध्ययनले नाफा हुनेछ। राज्यको साथ र सहयोग मिल्नेछ।

वृश्चिक : आज वृश्चिक राशी हुनेहरुको दिन सामान्य छ। अनावश्यक क्षेत्रमा सम्पत्ति खर्च हुनेछ। शिक्षामा थप मिहिनेत गर्नुपर्ने देखिन्छ। संकटमा परिवारको साथ र सहयोग मिल्नेछ।

धनु : आज धनु राशी हुनेहरुको दिन राम्रो छ। लगानी गर्न हिम्मत गर्नुपर्ने दिन छ। लगानी गरेको भए राम्रो आम्दानी हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। शिक्षामा प्रगति हुने योग छ। दाम्पत्य जीवन सुखमय बन्नेछ।

मकर : आज मकर राशी हुनेहरुको दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ। ठुलो लगानी नगर्नु राम्रो हुन्छ। स्वास्थ्यले साथ दिनेछ। वैदेशिक रोजगारीमा गरेको लगानीबाट नाफा हुनेछ। गुरुसँग नम्र भएर प्रस्तुत हुने समय छ।

कुम्भ : आज कुम्भ राशी हुनेहरुको दिन राम्रो छ। बौद्धिक साथीको साथ मिल्नेछ। विपक्षी कमजोर बन्नेछन्। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। परिवारको साथ र सहयोग प्राप्त हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

मीन : आज मीन राशी हुनेहरुको  दिन सामान्य छ। पश्चिमको लामो यात्रा नगर्नु उचित हुन्छ। धार्मिक कार्यमा सहभागी भएर हिँडेमा दिन सहज बन्नेछ। परिवारको साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

प्रकाशित मिति : २८ आश्विन २०८२, मंगलबार  ६ : २६ बजे

नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वोच्चको आदेश

काठमाडौं– सर्वोच्च अदालतले शैक्षिकसत्र सुरु भएपछि मात्रै विद्यालयहरूमा नयाँ भर्ना

सुरक्षा परिषदमा बहराइनको प्रस्तावलाई लिएर शक्ति राष्ट्रबीच मतभेद

न्यूयोर्क- होर्मुज जलमार्ग पुनः सञ्चालनमा ल्याउने विषयमा तयार पारिएको संयुक्त

घुस रकमसहित प्रहरी निरीक्षक पक्राउ

धनुषा– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको मिथिला नगरपालिका–१० लालगढबाट सशस्त्र

इरानी क्षेप्यास्त्र प्रहारबाट बहराइनमा रहेको अमेजन क्लाउड संरचनामा क्षति

मनामाह- इरानी क्षेप्यास्त्र प्रहारका कारण बहराइनमा रहेको अमेरिकी प्रविधि कम्पनी

तस्बिरमा हेर्नुहोस् तेस्रो नेसनल हर्टिकल्चर एक्स्पो

काठमाडौं– तेस्रो नेसनल हर्टिकल्चर एक्स्पो बिहीबार चैत्र १९ देखि भृकुटीमण्डपमा