सलमान खान र अरिजित सिंहबीचको विवाद टुङ्गिए कै हो त ? « Khabarhub

सलमान खान र अरिजित सिंहबीचको विवाद टुङ्गिए कै हो त ?


२८ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बलिउड अभिनेता सलमान खान र गायक अरिजित सिंहबीच लामो समयदेखि चलिरहेको विवाद अन्ततः टुङ्गिएको छ ।

एक समय बलिउडको सबैभन्दा चर्चित मनमुटाव बनेको उनीहरूको सम्बन्धबारे सलमान खानले हालै खुलासा गर्दै भनेका छन् कि अब उनीहरूबीच कुनै दुश्मनी छैन र सम्बन्ध पुनः मित्रवत् बनेको छ ।

भारतीय रियालिटी शो  ‘बिग बोस विकेन्ड का वार’ कार्यक्रममा हास्य कलाकार रबी गुप्ताले सलमानलाई भेट्न डर लागेको कुरा बताए, किनभने सबैले उनलाई प्रायः अरिजित सिंहसँगको मनमुटावसँग तुलना गर्ने गर्थे ।

यही प्रसङ्गमा सलमान हाँस्दै बोले, अब उनी र अरिजितबीच सबै कुरा ठिक भइसकेको छ । उनले खुलासा गरे कि दुईबीचको विवाद वास्तवमा उनकै तर्फबाट भएको गलत फहमीको परिणाम थियो । सलमान खानले स्पष्ट गर्दै भने कि उनी र अरिजित सिंह अहिले राम्रो साथी बनेका छन् ।

उनका अनुसार त्यो विवाद केवल एक गलत फहमी थियो, जुन उनको तर्फबाट भएको थियो । उनले थपे– ‘त्यसपछि अरिजितले उनका लागि फिल्म टाइगर ३ का लागि गीत गाएका थिए र अहिले गलवान फिल्मका लागि पनि गीत गाइरहेका छन् ।’

यो मनमुटावको कथा सन् २०१४ बाट सुरु भएको थियो । त्यो वर्ष सलमान खानले एक पुरस्कार समारोह होस्ट गरिरहेका बेला अरिजित सिंह पुरस्कार लिन स्टेजमा आएका थिए ।

कार्यक्रमको दौरानमा सलमानले हाँस्दै अरिजितलाई सोधे, ‘तिमी सुतिरहेका थियौ कि क्या हो ?’ लगातार प्रस्तुतीकरणबाट थकित अरिजीतले व्यङ्ग्यात्मक रूपमा जवाफ दिए कि होस्टहरूको हर्कत, मजाक र  व्यवहारले उनको निद्रा लागेजस्तो बनायो ।  उनको यो भनाइलाई सलमानले अपमानका रूपमा लिए, जसका कारण दुवैबीच मनमुटाव सुरु भयो।’

अरिजितले वर्षौँपछि पनि सम्बन्ध सुधार्ने प्रयास गरे । उनले फेसबुकमा भावनात्मक पोस्ट लेख्दै सार्वजनिक रूपमा सलमानसँग माफी समेत मागेका थिए । त्यति  मात्र नभई अरिजितले आफ्ना गीत सुल्तान फिल्ममा राखिदिन समेत अनुरोध गरे । तर कुनै प्रतिक्रिया नपाएपछि उनले त्यो पोस्ट हटाएका थिए ।

सन् २०२३ अक्टोबरमा सलमान खानको निवासमा दुवैलाई सँगै देखिएपछि उनीहरूबीचको सम्बन्ध पुनः सहज भएको सङ्केत दिएको थियो ।

अब सलमान र अरिजितबीचको पुरानो विवाद अन्त्य भई बलिउडमा फेरि एक नयाँ सुरुवात भएको प्रशंसकहरूले खुशी व्यक्त गरेका छन् ।

प्रकाशित मिति : २८ आश्विन २०८२, मंगलबार  ११ : ०५ बजे

एमाले अध्यक्ष ओलीले आज झापा–५ को दक्षिणी क्षेत्रका कार्यकर्तासँग अन्तरक्रिया गर्ने 

झापा– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज झापा निर्वाचन

आँखा उपचार केन्द्रलाई दुई करोड बढीको उपकरण हस्तान्तरण

सर्लाही– आँखा उपचार केन्द्र लालबन्दीलाई लायन्स क्लब इन्टरनेसनलले रु दुई

महोत्तरीमा दलभन्दा स्वतन्त्र उम्मेदवारको सङ्ख्या अधिक

महोत्तरी– प्रतिनिधिसभा सदस्य निर्वाचनमा जिल्लामा दलभन्दा स्वतन्त्र उम्मेदवारको सङ्ख्या अधिक

सालका रूखमा महामारी, ‘मथ’ पुतलीले पात सखाप

दाङ– दाङको तुलसीपुर उपमहानगरपालिका–३ स्थित नमूना महिला सामुदायिक वनमा सालका

१० वर्षको प्रतीक्षापछि आमाको नामबाट नागरिकता

म्याग्दी– म्याग्दीको बेनी नगरपालिका–७ का समिर खान र यास्मिन बेगमले