सुरु भयो ‘कबड्डी ५’को सुटिङ, यसपटक विपीन र सिर्जनाको प्रवेश « Khabarhub

सुरु भयो ‘कबड्डी ५’को सुटिङ, यसपटक विपीन र सिर्जनाको प्रवेश


२८ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – हिट फिल्म ‘कबड्डी’को पाँचौ श्रृङ्खला ‘कबड्डी ५ : आफ्टर द फाइनल म्याच’को छायाङ्कन मुस्ताङबाट सुरु भएको छ ।

निर्देशक रामबाबु गुरुङले मंगलबारदेखि फिल्मको छायाङ्कन सुरु गरेका हुन् ।

यसपटक शीर्ष कलाकारमा नायक–नायिका थप गरिएको छ । नायक विपीन कार्की र नायिकामा सिर्जना गुरुङको प्रवेश भएको हो । सिर्जना मिस यूके नेपाल २०१७ हुन् ।

अघिल्ला श्रृङ्खलाका शीर्ष कलाकार नायक दयाहाङ राई, विजय बराल, बुद्धि तामाङमा पनि दोहोरिएका छन् ।

‘कबड्डी ४’की नायिका मिरुना मगर पनि दोहोरिएकी छन् ।

विपीन बाहेक सबै शीर्ष छायाङ्कनस्थलमा पुगेको फिल्मका कलाकार विजय बरालले जानकारी दिए ।

उनका अनुसार विपीन तिहारपछि मात्रै छायाङ्कनमा सहभागी हुनेछन् । यस फिल्मको निर्मातासमेत रामबाबु नै हुन् ।

प्रकाशित मिति : २८ आश्विन २०८२, मंगलबार  ११ : ३७ बजे

एकपछि अर्को राज्यका संरचना जलिरहँदा सुधन र सुरक्षा अधिकारीबीच चकित पार्ने ‘कनेक्सन’

काठमाडौं- भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनसम्बन्धी गौरीबहादुर कार्की

काठमाडौंमा सुरु भयो सेतो मछिन्द्रनाथको रथ यात्रा (तस्बिरहरू)

काठमाडौं– आजबाट काठमाडौंमा सेतो मछिन्द्रनाथ जात्रा सुरु भएको छ ।

गृहमन्त्रीबाट बिदा लिए ओमप्रकाशले 

काठमाडौं– नागरिक सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले १९१ दिने कार्यकाल पूरा

हर्कले पहिलो भेटमा बालेनलाई लगाइदिएका थिए किराती संस्कृतिको प्रतीक ‘सिलाम साक्मा’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले सिलाम साक्मा