मोहन बस्नेतको आरोप : क्रियाशील सदस्यता विवाद नटुंग्याई गगन-विश्व ‘जम्प’ गर्न खोज्दैछन् « Khabarhub

मोहन बस्नेतको आरोप : क्रियाशील सदस्यता विवाद नटुंग्याई गगन-विश्व ‘जम्प’ गर्न खोज्दैछन्


२८ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


156
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका नेता मोहन बहादुर बस्नेतले नियमित महाधिवेशनका लागि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले क्रियाशील सदस्यता विवाद नटुङ्ग्याएको बताएका छन् ।

पार्टी केन्द्रीय कार्यसमिति बैठकमा सहभागी हुन सानेपा पुगेका बस्नेतले महामन्त्रीद्वय थापा र शर्माले क्रियाशील सदस्यता विवाद नटुङ्ग्याएको आरोप लगाएका हुन् ।

उनले जिल्ला–जिल्लाको विावद कायमै राखेको बताउँदै आफू जम्प गर्नका लागि विशेष महाधिवेशन भन्दै दुवैजना हिँडेको जिकिर गरेका छन् ।

‘नियमित महाधिवेशन गर्न क्रियाशील सदस्यता प्रक्रिया नटुङ्ग्याउने, जिल्लाको विवाद यथावत राख्ने । अनि त्यहाँबाट जम्प गरेर विशेष महाधिवेशन हुन्छ ?’ उनले सोधे ।

विशेष महाधिवेशन गर्दा युवा पुस्ताले भाग लिन नपाउने बताउँदै उनले आफ्नो अकर्मन्यतालाई ढाकछो गरेर नेृतत्वका लागि जम्प गर्ने प्रवृत्ति बढ्ने खतरा रहेको पनि बताए ।

प्रकाशित मिति : २८ आश्विन २०८२, मंगलबार  १ : ५१ बजे

सुडानमा मानवीय संकट पर्ने संयुक्त राष्ट्रसङ्घको चेतावनी

एजेन्सी– सुडानमा चलिरहेको युद्धले गम्भीर मानवीय संकट आउन सक्ने मानव

काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा धमाधम मनोनयन दर्ता

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँका १० वटै निर्वाचन

चुनावी मैदानमा सञ्चारकर्मीको अग्निपरीक्षा

काठमाडौं- लामो समयदेखि पत्रकारिता गर्दै आएका थुप्रै पत्रकारहरू चुनावी मैदानमा

तोकिएको समयमा कागजातसहित उम्मेदवारी दर्ता गर्न आयोगको आह्वान

काठमाडौं– निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य

वर्षमान पुनले रोल्पाबाट दर्ता गरे उम्मेदवारी 

रोल्पा– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता वर्षमान पुन अनन्तले आगामी