देउवाले उपसभापति खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिँदै « Khabarhub

देउवाले उपसभापति खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिँदै


२८ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


345
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गत भदौ २४ गतेको जेन-जी आन्दोलनका क्रममा निजी निवास बूढानीलकण्ठमा नराम्रोसँग कुटपिट गरिएयता पहिलो पटक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सानेपा पुगेका छन् ।

उनले त्यहाँ उपस्थित नेपाली कांग्रेसका नेताहरूलाई सम्बोधन गरिरहेका छन् । देउवाले उक्त सम्बोधनपछि उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिँदैछन् ।

उनले खड्कालाई कार्यवाहक सभापति बनाएर आफू थप उपचारका लागि सिंगापुर जान लागेका छन् ।

जेन-जी आन्दोलनका क्रममा कुटपिट हुँदा टाउकोको पछाडि १२ टाँका लगाएर उपचार गरिएका देउवाले पहिलो पटक सार्वजनिक हुँदा आफूले गरेका कामको फेहरिस्त सुनाए ।

उनी उक्त सम्बोधनमार्फत् नै देउवालाई कार्यवाहक सभापति बनाएर आफू सिंगापुर गएर उपचारमा लाग्ने खबर गरिसकेको एकजना केन्द्रीय सदस्यले बताएका छन् ।

प्रकाशित मिति : २८ आश्विन २०८२, मंगलबार  २ : २७ बजे

दशैंपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे

मुस्ताङ – हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ

बङ्गलादेशमा एकै दिनमा दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण

ढाका – बङ्गलादेशमा आइतबार बिहानसम्मको २४ घण्टामा दुई हजार २४९

एनपीएल हेर्न ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणलाई लक्षित गर्दै

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२