उद्योग–व्यवसाय चलायमान बनाउन बूढानीलकण्ठ नगरद्वारा पहल « Khabarhub

उद्योग–व्यवसाय चलायमान बनाउन बूढानीलकण्ठ नगरद्वारा पहल


२८ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जेन-जी आन्दोलनपछिको अवस्थामा उद्योग–व्यवसाय चलायमान बनाउने विषयमा बूढानीलकण्ठ नगरपालिकाले उद्योगी–व्यवसायीसँग अन्तरक्रिया गरेको छ ।

नगरपालिकाले उद्योग–व्यावसायीले हाल भोगिरहेका समस्याबारे जानकारी लिएर आफ्नोतर्फबाट गर्नुपर्ने सहजीकरणका लागि परामर्श गरेको नगरप्रमुख मीठाराम अधिकारीले जानकारी दिए । भदौ २४ गतेको तोडफोड र आगजनीको घटनाले उद्योग–व्यावसायलाई प्रतिकूल असर परेको उनको भनाइ छ । 

नगरपालिकाकी उपप्रमुख अनिता लामाले लगानी गर्ने श्रम, समय र पैसाले अर्थतन्त्रको विकास हुने भएकाले  सबैले उत्पादन र रोजगारीसँग जोडिन आवश्यक भएको बताएको प्रमुख प्रशासकीय अधिकृत अजय बर्तौलाले उद्योगी व्यवसायीलाई पारदर्शी र मर्यादित भएर व्यवसाय गर्न सुझाव दिइन् ।

उद्योगी सुन्दरबहादुर खड्काले सार्वजनिक क्षेत्रको संरक्षणलाई थप प्राथमिकतामा राख्न आग्रह गरे। पश्मिना उद्योगी गणेशकुमार खड्काले नगरस्तरीय औद्योगिक क्षेत्र बनाइदिन माग गरे। कपनकी होमस्टे व्यवसायी शारदा आचार्यले यातायातको समस्या समाधानका लागि आग्रह गरे।

प्रकाशित मिति : २८ आश्विन २०८२, मंगलबार  २ : २५ बजे

अर्थ र सार्वजनिक नीति समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेका दुईवटा समितिको बैठक बस्दैछ ।

अपाङ्गता सेवा र तथ्याङ्क एउटै डिजिटल प्रणालीबाट हुने

काठमाडौँ– अपाङ्गता भएका व्यक्तिको पहिचान, तथ्याङ्क व्यवस्थापन, परिचयपत्र जारी र

मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि पोखरी

तनहुँ– मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि तनहुँका विभिन्न सामुदायिक वनमा

चौतर्फी दबाबपछि फिफा अध्यक्ष इन्फान्टिनो लचिलो, सदस्य देशलाई बजेट उपलब्ध गराइने

काठमाडौँ– विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ– सङ्घीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक