बलिउड स्टार काजोल किन परिन् आलोचनाको भुङ्ग्रोमा ? « Khabarhub

बलिउड स्टार काजोल किन परिन् आलोचनाको भुङ्ग्रोमा ?


२८ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


135
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हालै दिएको एक टिप्पणीका कारण बलिउडकी चर्चित अभिनेत्री काजोल आलोचनाको केन्द्रमा परेकी छन् । उनले नियमित रूपमा बिहान ९ बजे देखि बेलुका ५ बजेसम्म काम गर्ने कर्मचारीहरूभन्दा कलाकारहरूले बढी मेहनत गर्नुपर्छ भन्ने अभिव्यक्ति दिएकी थिइन् । उक्त टिप्पणी काजोलले ‘टु मच विथ काजोल एन्ड ट्विङ्कल’ नामक कार्यक्रमको दोस्रो एपिसोडमा दिएकी थिइन् ।

सार्वजनिक आलोचना र सामाजिक सञ्चारमाध्यममा उठेको बहसपछि काजोलले पुनः आफ्नो भनाइ स्पष्ट पार्दै अभिनय पेशा अत्यन्त चुनौतीपूर्ण र समर्पण आवश्यक हुने पेशा भएको बताएकी छन् ।

द हलिउड रिपोर्टर इन्डियासँगको अन्तरवार्तामा काजोलले कलाकार र ९ देखि ५ बजे काम गर्ने कर्मचारीबीच मेहनतको अन्तरबारे आफ्नो दृष्टिकोण प्रष्ट्याइन् । काजोलका अनुसार, कलाकारहरूको काम साधारण होइन — यो अत्यन्तै गहिरो, संलग्न र पूर्ण रूपमा ध्यान केन्द्रित गर्नुपर्ने प्रक्रिया हो, जहाँ छायांकनको समयमा उनीहरूलाई पूर्ण समर्पणसहित काम गर्नुपर्छ ।

काजोलका अनुसार, कलाकारहरूको व्यस्तता केवल सुटिङसम्म सीमित हुँदैन। उनीहरू विभिन्न कार्यक्रमहरूमा सहभागी हुनुपर्छ र दिनभरि १२ देखि १४ घण्टासम्म पूर्ण रूपमा उपस्थित रहँदा पनि आफ्नो ऊर्जा र ध्यान कायम राख्नुपर्छ, जुन उनको भनाइमा निकै चुनौतीपूर्ण काम हो । उनले थपिन्, “९ देखि ५ काम गर्नेहरूलाई भने डेस्कमा बस्दै तोकिएको समयमा आफ्नो जिम्मेवारी पूरा गरे पुग्छ ।”

“९–५ काम गर्ने कर्मचारीहरू सहजै आराम गर्न, हिँडडुल गर्न वा कुरा गर्न सक्छन् र त्यसपछि पनि आफ्नो जिम्मेवारी पूरा गर्न सक्छन्, तर कलाकारहरूका लागि त्यस्तो सहजता हुँदैन । हामी सधैं जनताका नजरमा हुन्छौँ—कसैले फोटो खिचिरहेको हुन्छ, कसैले भिडियो लिइरहेको हुन्छ । त्यसैले हामी कसरी बस्छौं, बोल्छौं र वरिपरि के भइरहेको छ भन्ने कुरामा निरन्तर सचेत रहनुपर्छ, जसले ठूलो मानसिक दबाब सिर्जना गर्छ,” उनले भनिन् ।

प्रकाशित मिति : २८ आश्विन २०८२, मंगलबार  २ : २८ बजे

लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित १६ जनालाई

मनास्लु क्षेत्र पुगेका पर्यटक सुरक्षित, चुम उपत्यकाको पदयात्रा स्थगित

गोरखा – बूढीगण्डकी बाढीका कारण प्रभावित मनास्लु क्षेत्रको पदयात्रामा रहेका

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५