देउवाले भने- अन्तरिम सरकारले दलहरूसँग सहकार्य गर्न खोजेको देखिएन « Khabarhub

देउवाले भने- अन्तरिम सरकारले दलहरूसँग सहकार्य गर्न खोजेको देखिएन


२८ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- गत भदौ २४ गतेको जेन-जी आन्दोलनका क्रममा निजी निवास बूढानीलकण्ठमा हातपात भएयता पहिलो पटक सार्वजनिक भएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अन्तरिम सरकारबारे प्रश्न उठाएका छन् ।

उनले केन्द्रीय कार्यालय सानेपामा उपस्थित नेपाली कांग्रेसका नेताहरूलाई सम्बोधन गर्दै सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले दलहरूसँग सहकार्य गर्न नचाहेको देखिएको बताएका छन् ।

‘देशमा अब द्वन्द्व हुनु आवश्यक छैन । देशमा विकसित नयाँ परिस्थिति अनुसार पार्टीलाई एकताबद्ध बनाउनुपर्छ’, उनले भने, ‘पार्टीको आन्तरिक जीवन सुदृढ गरेर १५ औँ महाधिवेशन गर्ने प्रस्ताव भएको छ । हामीले अहिलेको अवस्थामा अन्य राजनीतिक दलसँग सहकार्य गर्न आवश्यक छ ।’

देउवाले असंवैधानिक रुपमा संसद् विघटन गरिएको पनि बताए । ‘अहिले नै स्वतन्त्र र निष्पक्ष रुपमा निर्वाचन हुने ग्यारेन्टी छैन । निर्वाचनका लागि शान्ति सुरक्षाको अवस्था राम्रो हुनुपर्छ । शान्ति सुरक्षा र भयरहित अवस्था बनाउने काम सरकारले गर्नुपर्छ’, उनले भने, ‘बहुदलीय लोकतान्त्रिक व्यवस्थामा सरकारले दलहरूसँग संवाद गर्नु जरूरी छ । तर त्यसो गरेको देखिएको छैन ।’

उनले कांग्रेस नेताहरूलाई एमालेसहितका अन्य दलहरूसँग पनि संवाद गर्न सुझाए । ‘यस्तो अवस्थामा अन्य दलहरूसँग हामीले संवाद गर्नुपर्छ । देशको राष्ट्रियता र लोकतन्त्रको रक्षा गरिनुपर्छ’, उनले भने, ‘म लामो राजनीतिक यात्रापछि यहाँसम्म आएको हुँ। देश र जनताप्रति सकेसम्म प्रतिबद्ध रहनेछु । नेपाली कांग्रेसलाई सधैँ माया गर्दै आएको छु ।’

उनले नेपालमा भ्रष्टाचार निवारणका लागि आफूले कैयौँ काम गरेको पनि बताए । ‘छुवाछुत हटाउन पनि मैले काम गरेको छु । महिला अधिकारका लागि काम गरेको छु’, उनले भने, ‘मेरो राजनीतिक जीवन नै देशका लागि समर्पण गरेको छु ।’

प्रकाशित मिति : २८ आश्विन २०८२, मंगलबार  २ : ३७ बजे

सुडानमा मानवीय संकट पर्ने संयुक्त राष्ट्रसङ्घको चेतावनी

एजेन्सी– सुडानमा चलिरहेको युद्धले गम्भीर मानवीय संकट आउन सक्ने मानव

काठमाडौंका १० वटै निर्वाचन क्षेत्रमा धमाधम मनोनयन दर्ता

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि काठमाडौँका १० वटै निर्वाचन

चुनावी मैदानमा सञ्चारकर्मीको अग्निपरीक्षा

काठमाडौं- लामो समयदेखि पत्रकारिता गर्दै आएका थुप्रै पत्रकारहरू चुनावी मैदानमा

तोकिएको समयमा कागजातसहित उम्मेदवारी दर्ता गर्न आयोगको आह्वान

काठमाडौं– निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य

वर्षमान पुनले रोल्पाबाट दर्ता गरे उम्मेदवारी 

रोल्पा– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता वर्षमान पुन अनन्तले आगामी