सानेपामा देउवाले भने : सधैँ एउटै घरमूली हुँदैन, १५औँ महाधिवेशनबाट अरू नै सभापति हुनेछन् « Khabarhub

सानेपामा देउवाले भने : सधैँ एउटै घरमूली हुँदैन, १५औँ महाधिवेशनबाट अरू नै सभापति हुनेछन्


२८ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


561
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले तत्काल सभापति पद नछाड्ने घोषणा गरेका छन्।

गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनपछि पहिलोपटक केन्द्रीय कार्यालय सानेपामा सार्वजनिक भएका उनले लिखित सम्बोधन गरे ।

उनले केन्द्रीय कार्यसमिति बैठकमा लिखित मन्तव्य दिँदै मंसिरमा हुने भनिएको १५औँ महाधिवेशनबाट विधिवत रुपमा नेतृत्व नयाँ पुस्तालाई हस्तान्तरण गर्ने बताएका हुन्।

देउवाले सम्बोधनका क्रममा घरमा सधैँ एकजना मात्रै मूली नहुने तर्क गर्दै १५औँ महाधिवेशनबाट अरू नेतालाई सभापति बनाउने बचन दिए ।

‘पार्टीको आन्तरिक जीवन, आगामी १५औँ महाधिवेशन र नेतृत्व हस्तान्तरणका सवाहरू उठेका छन्। म साथीहरूलाई के आग्रह गर्न चाहन्छु भने घरमा सधैँ एकजना मुली रहँदैन’, उनले भने, ‘पार्टीमा पनि हमेसा एउटै सभापति रहिरहँदैन। जहाँसम्म मेरो विषय छ- मैले पहिले नै हाम्रो वैधानिक व्यवस्थाले र मेरो राजनीतिक इच्छाले १५औँ महाधिवेशनबाट नेतृत्व हस्तान्तरण गर्ने भनिसकेको छु। १५औँ महाधिवेशनबाट मबाहेक कुनै साथी सभापति बन्नु हुनेछ। त्यसमा द्विविधा छैन।’

प्रकाशित मिति : २८ आश्विन २०८२, मंगलबार  २ : ५६ बजे

पूर्वाधार निर्माण गर्दा पर्यावरण संरक्षणलाई ध्यान दिन मुख्यमन्त्री बानियाँको आग्रह

मकवानपुर – बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रत्येक भौतिक पूर्वाधार निर्माण

रिहा भए छविलाल जोशी

काठमाडौँ – सहकारी ठगी प्रकरणमा कारागार चलान भएका छविलाल जोशी

टि–२० विश्वकप क्रिकेटका लागि प्रारम्भिक नेपाली टोली घोषणा

काठमाडौं – आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म भारत

प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौं – सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको