हमासले बुझाएको शव विपिनकै भएको पुष्टि, इजरायली सेनाको दाबी : बन्धक अवस्थामै हत्या गरिएको हुन सक्छ « Khabarhub

हमासले बुझाएको शव विपिनकै भएको पुष्टि, इजरायली सेनाको दाबी : बन्धक अवस्थामै हत्या गरिएको हुन सक्छ


२८ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

तेलअभिभ- हमासले सोमबार हस्तान्तरण गरेका मृतक चार बन्दीको शवमध्ये एउटा नेपाली २४ वर्षीय युवक विपिन जोशीकै भएको पुष्टि स्वास्थ्य परीक्षणले गरेको छ।

जेरुसेलम पोस्टका अनुसार इजरायली सेनाले (आईडीएफ) ले मंगलबार मृतकमध्ये गाई इलुज र विपिन जोशीका अवशेष प्राप्त भएको जनाएको छ। हमासले रेडक्रसमार्फत् बुझाएका शवका अवशेषमध्ये गाई इलुज र विपिनको भएको पुष्टिपछि आईडीएफले परिवारलाई जानकारी गराएको छ ।

इजरायलस्थित राष्ट्रिय फरेन्सिक मेडिसिन संस्थाले पहिचान प्रक्रिया पूरा गरेपछि यो घोषणा गरिएको हो। उक्त प्रक्रिया इजरायल प्रहरी र सैनिक रब्बिनेटको सहकार्यमा सम्पन्न गरिएको आईडीएफले जनाएको छ।

गाई इलुजलाई जिउँदै अपहरण गरिएको थियो । उनको बन्धक अवस्थामै उपचार नपाएका चोटका कारण उनको मृत्यु भएको हुन सक्ने आईडीएफले जिकिर गरेको छ ।

उता नेपाली युवक विपिन जोशीको भने बन्धक अवस्थामै हत्या गरिएको हुन सक्ने विश्वास इजरायली सेनाले गरेको छ । यद्यपि यस कुराको स्वतन्त्र पुष्टि हुन सकेको छैन ।

प्रकाशित मिति : २८ आश्विन २०८२, मंगलबार  ३ : ४३ बजे

दाइँ हाल्ने परम्परा जोगाइरहेको थापाठाना (तस्बिरहरू)

काठमाडौं– पर्वतको फलेवास नगरपालिका-२ थापाठाना फाँटमा धान भित्र्याउने चटारो सुरु भएको

धान ‘जोन’मा उत्पादन बढ्यो

चितवन– चितवनमा रहेको धान जोनमा यस वर्ष उत्पादन बढ्ने भएको

ट्राफिक नियम उल्लङ्घन गर्ने ६४३ सवारी चालक कारबाहीमा

काठमाडौँ– काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने

अर्नव चक्रवात : उच्च सतर्कता अपनाउन टानको आग्रह

काठमाडौँ– पर्वतीय पर्यटन व्यवसायीहरूको छाता संस्था ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ

‘ब्लड बैक’मा रगतको मौज्दात सकियो, रक्तदान गरौँ : रेडक्रस

कठमाडौँ– ब्लड बैकमा रगतको मौज्दात सकिएपछि नेपाल रेडक्रस सोसाइटीले रक्तदानका