दुई दिनमा १ लाखले लगाए हैजाविरुद्धको खोप « Khabarhub

दुई दिनमा १ लाखले लगाए हैजाविरुद्धको खोप


२८ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बारा र पर्सामा दुई दिनमा १ लाखले हैजाविरुद्धको खोप लगाएका छन् ।

हैजाको संक्रमणको प्रकोप तीव्र भएपछि सरकारले पर्सा र बाराका उच्च जोखिम भएका क्षेत्रमा हैजा नियन्त्रणका लागि गत आइतबार (२६ असोज) देखि खोप अभियान सुरु गरेको थियो ।

परिवार कल्याण महाशाखाको तथ्यांक अनुसार पर्सामा १ लाख २९४ जना र बारामा १८ हजार ९६४ जनाले हैजाविरुद्धको खोप लगाइसकेका छन् । 

६ भदौमा पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका वडा १२ को मुरली टोलबाट हैजा संक्रमण फैलिएको थियो । त्यसपछि वीरगञ्जका अन्य वडा, पर्साका स्थानीय तह र बाराका केही भागमा फैलिएको छ ।

सरकारले पर्सा जिल्लाका सबै १४ वटै स्थानीय तहमा र बारा जिल्लाका ६ स्थानीय तहका एक वर्षभन्दा माथिका व्यक्तिहरूलाई खोप दिइरहेको छ । 

पर्सा जिल्लामा ६ लाख ५२ हजार १२९ र बाराका ३ लाख ६३ हजार ३१ गरी कुल १० लाख १८ हजार खोप दिइने लक्ष्य छ । मुखबाट खुवाइने इयूभिकोल-एस खोप विश्व स्वास्थ्य संगठनबाट गुणस्तरयुक्त प्रमाणित भएको खोप हो ।

नेपालको नियामक निकाय औषधि व्यवस्था विभागमा दर्ता भएको छ । यसको एक मात्रै दिइने छ । यसभन्दा अगाडि पनि काठमाडौँ उपत्यका र कपिलवस्तुमा हैजाविरुद्धको खोप दिइएको थियो ।

विज्ञका अनुसार खोप खुवाएको दुई हप्तापछि खोपको प्रभावकारिता ८२ प्रतिशत देखिएको छ ।

प्रकाशित मिति : २८ आश्विन २०८२, मंगलबार  ५ : २१ बजे

पोखरा अन्तरराष्ट्रिय म्याराथनको उपाधि केन्याका जुलियसलाई

कास्की – पोखरामा आज सम्पन्न भएको २०औँ संस्करणको पोखरा अन्तरराष्ट्रिय

महाशिवरात्रीको पूर्व सन्ध्यामा यस्तो देखियो पशुपति क्षेत्र (तस्बिरहरू)

काठमाडाैं – महाशिवरात्रि पर्वका अवसरमा पशुपति क्षेत्रमा साधुसन्त एवं टाढाबाट

महाशिवरात्रि : पशुपति क्षेत्रको ट्राफिक व्यवस्थापन प्रभावकारी बनाइयो

काठमाडौं – महाशिवरात्रि पर्वका अवसरमा आइतबार हुनसक्ने सम्भावित घुइँचो रोक्न

म्याग्दीमा माटोको ढिस्कोले पुरिएर एक मजदुरको मृत्यु

म्याग्दी – म्याग्दीको मङ्गला गाउँपालिका–२ सल्यानमा आज माटोको ढिस्कोले पुरिएर

गृहमन्त्रीबाट पशुपति क्षेत्रको सुरक्षा अवस्थाबारे जानकारी

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले महाशिवरात्रिको पूर्वसन्ध्यामा आज साँझ पशुपति