देउवाको गुनासो : घर जलाएर मात्रै पुगेन, हाम्रो प्रतिष्ठा र छवि गिराउन झूटो प्रचार गरियो « Khabarhub

देउवाको गुनासो : घर जलाएर मात्रै पुगेन, हाम्रो प्रतिष्ठा र छवि गिराउन झूटो प्रचार गरियो


२८ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गत भदौ २४ गते जेन-जीका नाममा आफू र आफ्नो परिवारमाथि ज्यानै लिने योजनासहित हमला भएको बताएका छन् ।

मंगलबार कांग्रेस केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै उनले ज्यानै लिने योजनासहित आफू र आफ्नो परिवारमाथि सांघातिक हमला भएको बताएका हुन् । त्यो समूहले बूढानीलकण्ठस्थित घरमा तोडफोड, लुटपाट र आगजनी गरेको पनि उनले बताए ।

‘भदौ २४ गते सिंगो मुलुक जलेको बेला म र मेरो परिवारमाथि पनि ज्यानै लिने मनशायले सांघातिक हमला गरियो । घरमा तोडफोड, लुटपाट र आगजनी गरे’, उनले भने ‘सुरक्षाकर्मीको घण्टौँको अथक प्रयासपछि हामीलाई उद्दार गरियो । म र मेरो परिवारले कस्तो त्रासदीपूर्ण भौतिक आक्रमणको सामना गर्नुपर्यो तपाईंहरू जानकार हुनुहुन्छ ।’

देउवाले घर जलाएपछि आफूहरूको बदनाम गर्न खोजिएको पनि बताएका छन् । ‘त्यतिले नपुगेर हाम्रो प्रतिष्ठा र छवि गिराउन झुटा प्रचार पनि गरियो। यो केवल म वा मेरो परिवारमाथिको आक्रमण होइन, समग्रमा देश, पार्टी र लोकतान्त्रिक मूल्यहरूमाथिको प्रहार हो।’

राष्ट्र, जनता र पद्दतिका लागि वैचारिक अडान लिँदा यस प्रकारको हमला जुनसुकै बेला पनि आउन सक्ने र सामना गर्ने साहस राख्नुपर्छ भन्ने आफ्नो मान्यता रहेको उनले बताएका छन् । गत भदौ २३ र २४ गतेको घटनालाई उनले देश, पद्दति र पार्टीमाथिको आक्रमण भनेका छन् ।

प्रकाशित मिति : २८ आश्विन २०८२, मंगलबार  ६ : ३७ बजे

निर्वाचन ४२ दिन बाँकीः पार्टीका उम्मेदवारमा दलितको प्रतिनिधित्व कति ?

काठमाडौं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा दलित

ग्रिनल्याण्ड वार्ता तत्काल अघि बढाउन अमेरिकी राष्ट्रपति ट्रम्पको आग्रह

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्याण्ड अधिग्रहणका सम्बन्धमा तत्काल

अमेरिकी डलर अहिलेसम्मकै उच्च बिन्दुमा : कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल माघ ८ गते बिहीबार माघ

आज २०८२ साल माघ ८ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ८ गते बिहीबार माघ