विशेष महाधिवेशन माग्दै कांग्रेसमा ५४ प्रतिशतको हस्ताक्षर, बुधबार कार्यवाहक सभापतिलाई बुझाइने « Khabarhub

विशेष महाधिवेशन माग्दै कांग्रेसमा ५४ प्रतिशतको हस्ताक्षर, बुधबार कार्यवाहक सभापतिलाई बुझाइने


२८ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


315
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसभित्र विशेष महाधिवेशन माग गर्दै संकलित हस्ताक्षर बुधबार कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाउने तयारी भएको छ ।

मंगलबार हस्ताक्षर बुझाउन पार्टी कार्यालय सानेपामा जम्मा भएका नेता-कार्यकर्तालाई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा रोकेका थिए ।

उनीहरूले रोकेपछि बुधबार हस्ताक्षर बुझाउने तयारी भएको हो । नेता-कार्यकर्ताले मंगलबार नै हस्ताक्षर बुझाउन पाउनुपर्ने मागसहित नारबाजी गरे।

त्यसपछि महामन्त्री थापाले मंगलबार केन्द्रीय कार्यसमिति बैठकमा सभापति शेरबहादुर देउवाले कार्यबाहक सभापति तोकिसकेको बताए । देउवाले महाधिवेशन समयमै गर्न निर्देशन दिएकाले उनको सम्मानस्वरुप बुधबार मात्रै विशेष हस्ताक्षर बुझाउन आग्रह गरे ।

मंगलबार केन्द्रीय समिति बैठकमा सभापति देउवाको अन्तिम उपस्थिति भएकाले त्यसलाई सम्मान गर्दै केन्द्रीय समिति अरू एजेण्डमा प्रवेश नगरेको उनले बताए।

थापाले बुधबार दिउँसो ३ बजे नेता-कार्यकर्तालाई पार्टी कार्यालयमा स्वागत गरेर हस्ताक्षर कार्यबाहक सभापतिलाई बुझाउने व्यवस्था गरिने विश्वास दिलाए ।

विशेष महाधिवेशन माग गर्दै कांग्रेसका नेता-कार्यकर्ताले हस्ताक्षर संकलन गरेका थिए। उनीहरूले ५० प्रतिशत भन्दा बढी प्रतिनिधिको हस्ताक्षर बटुलेको दाबी गरेका छन्।

विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्नेको संख्या मंगलबार दिउँसोसम्म ५४ प्रतिशत नाघेको थियो । कांग्रेसको १४ औँ महाधिवशेनमा ४७४३ महाधिवेशन प्रतिनिधि थिए ।

१३ औँ महाधिवशेनबाट १४ औँ महधिवेशनमा स्वत: प्रतिनिधि भएका केन्द्रीय सदस्य, पार्टी छाडेका र मृत्य भएका प्रतिनिधि घटाउँदा हाल कायम ४५ सय ५६ जना हुन्छ ।

हाल कायम महाधिवशेन प्रतिनिधिमध्ये २४ सय ८७ जनाले विशेष महाधिवशेनको पक्षमा हस्ताक्षर गरेका बताइएको छ । त्यो संख्या अहिलेका प्रतिनिधिमा ५४.५८ प्रतिशत हुन्छ ।

यो हस्ताक्षर पनि महामन्त्री थापा र शर्माकै पहलमा संकलन गरिएको हो । यही मंसिरभित्र नियमित महाधिवशेन हुन नसके विशेष महाधिवशेन गर्नुपर्ने माग यी दुई नेताले गरेका छन् । कांग्रेसको विधानमा ४० प्रतिशत महाधिवशेन प्रतिनिधिको हस्ताक्षरसहित माग भए विशेष महाधिवशेन बोलाउनुपर्छ ।

प्रकाशित मिति : २८ आश्विन २०८२, मंगलबार  ६ : ५८ बजे

फार्मेसी दर्ता तथा नवीकरणमा स्थानीय तहको सिफारिस अनिवार्य

काठमाडौंं– औषधि व्यवस्था विभागले नयाँ फार्मेसी दर्ता तथा सञ्चालनमा रहेका

अवैध बोइलर कुखुरा आयात नियन्त्रणसँगै बाँकेका मासु पसल सञ्चालन

नेपालगञ्ज बाँकेको सीमा क्षेत्रबाट हुने बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण

गोविन्द केसी र सरकारबीच आठ बुँदे सहमतिको मस्यौदा तयार, हस्ताक्षरपछि मात्रै अनसन तोड्ने 

धनगढी– अनशनरत प्राध्यापक डा.गोविन्द केसी र सरकारी टोलीबिच भएको वार्ताबाट

शिव पुराण महायज्ञमा कानुनमन्त्रीको सम्बोधन : राजनीति चुनावका बेला मात्रै गर्ने हो

चितवन– कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले निर्वाचनका समयमा

शिक्षा क्षेत्रमा संरचनागत सुधार अपरिहार्य : शिक्षामन्त्री पोखरेल

जनकपुरधाम– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले समयको आवश्यकता अनुसार शिक्षा