बुधबार ४ बजेभित्र मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान « Khabarhub

बुधबार ४ बजेभित्र मुख्यमन्त्री पदमा दाबी पेस गर्न आह्वान


२८ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

जनकपुर– मधेस प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी प्रदेशको मुख्यमन्त्री पदमा नियुक्तिका दाबी पेस गर्न आह्वान गरेकी छन् ।

प्रदेश प्रमुखको कार्यालयले आज विज्ञप्ति जारी गरी बुधबार दिनको ४ः०० बजेभित्र दाबी पेस गर्न आह्वान गरिएको जनाएको हो ।

प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्री सतिशकुमार सिंहले दिएको राजीनामा स्वीकृत भएकाले प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रदेशसभा सदस्यलाई दाबी पेस गर्न आह्वान गरिएको छ ।  

विज्ञप्तिमा भनिएको छ, ‘नेपालको संविधानको धारा १६९ उपधारा (१)को खण्ड (क) अनुसार माननीय मुख्यमन्त्री सतिशकुमार सिंहले पदबाट दिनुभएको राजीनामा प्रदेश प्रमुखले स्वीकृत गर्नुभएकाले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्नसक्ने प्रदेशसभा सदस्यलाई असोज २९ गते बुधबार दिनको ४ः०० बजेभित्र आफ्नो दाबी पेस गर्न आह्वान गर्नुभएको ब्यहोरा जानकारीका लागि अनुरोध छ ।’

प्रकाशित मिति : २८ आश्विन २०८२, मंगलबार  ७ : ०३ बजे

दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल

काठमाडौँ – चाडपर्वका समयमा मासु, चिल्लो पदार्थ, मिठाई, मदिरा तथा

दसैँको शुभकामना दिँदै बालेन लेख्छन्- गाउँघर उजाडिने नियति बदल्न हातेमालो गराैँ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले देशलाई सुशासन र समृद्धिको मार्गमा

सर्लाहीको हरिपुरमा म्याजिक र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु

सर्लाही – सर्लाहीको हरिपुर नगरपालिका–८ जगतपुर स्कुलस्थित नवलपुर–मलङ्गवा सडकखण्डमा म्याजिक

धार्मिक विधि र सांस्कृतिक महत्त्व : के हो फूलपाती ?

काठमाडौँ – हिन्दू धर्मावलम्बीका लागि आश्विन शुल्क सप्तमीको दिन विशेष महत्त्व

कांग्रेस सभापति गगन थापाको आज पदबहाली, केन्द्रीय समितिको शपथ दसैँपछि

ललितपुर – नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सभापतिमा नवनिर्वाचित गगनकुमार थापाको