युद्धविरामपछि पनि रोकिएन इजरायली आक्रमण, कम्तीमा नौ प्यालेस्टिनीको ज्यान गयो « Khabarhub

युद्धविरामपछि पनि रोकिएन इजरायली आक्रमण, कम्तीमा नौ प्यालेस्टिनीको ज्यान गयो


२८ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


384
Shares
  • change font
  • change font
  • change font

गाजा- युद्धविराम सुरू भएको साता बित्न लाग्दा पनि गाजा क्षेत्रमा इजरायली आक्रमण रोकिएको छैन ।

गाजाको खान युनिस क्षेत्रमा मंगलबार इजरायली ड्रोन आक्रमण भएको खबर प्राप्त भएको छ।

दक्षिण गाजाका चिकित्सक स्रोतहरूले अल जजिरालाई बताएअनुसार खान युनिसमा इजरायली ड्रोन आक्रमण भएको हो ।

जसमा कम्तीमा पनि ९ जनाको हताहती भएको खबर आएको छ।

यसैबीच इजरायलबाट ४५ जना प्यालेस्टिनी कैदीको शव फिर्ता गरिएको छ ।

चिकित्सक स्रोतहरूले अल जजिरालाई बताएअनुसार रेडक्रसले इजरायलबाट ४५ जना प्यालेस्टिनी कैदीका शव प्राप्त गरेको छ।

शवहरूको मृत्युको कारण पत्ता लगाउन परीक्षण भइरहेको छ। संयुक्त राज्य अमेरिका, इजिप्ट, टर्की र कतारको मध्यस्थतामा भएको युद्धविराम सम्झौताअन्तर्गत करिब २ हजार जना जीवित कैदीहरू सोमबार इजरायलका जेलहरूबाट रिहा भएका छन्।

प्रकाशित मिति : २८ आश्विन २०८२, मंगलबार  ७ : १८ बजे

दाइँ हाल्ने परम्परा जोगाइरहेको थापाठाना (तस्बिरहरू)

काठमाडौं– पर्वतको फलेवास नगरपालिका-२ थापाठाना फाँटमा धान भित्र्याउने चटारो सुरु भएको

धान ‘जोन’मा उत्पादन बढ्यो

चितवन– चितवनमा रहेको धान जोनमा यस वर्ष उत्पादन बढ्ने भएको

ट्राफिक नियम उल्लङ्घन गर्ने ६४३ सवारी चालक कारबाहीमा

काठमाडौँ– काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा ट्राफिक नियम उल्लङ्घन गर्ने

अर्नव चक्रवात : उच्च सतर्कता अपनाउन टानको आग्रह

काठमाडौँ– पर्वतीय पर्यटन व्यवसायीहरूको छाता संस्था ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ

‘ब्लड बैक’मा रगतको मौज्दात सकियो, रक्तदान गरौँ : रेडक्रस

कठमाडौँ– ब्लड बैकमा रगतको मौज्दात सकिएपछि नेपाल रेडक्रस सोसाइटीले रक्तदानका