काठमाडौं महानगरले वीर अस्पतालमा सहजीकरण कक्ष स्थापना गर्दै « Khabarhub

काठमाडौं महानगरले वीर अस्पतालमा सहजीकरण कक्ष स्थापना गर्दै


२८ आश्विन २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौंँ – काठमाडौँ महानगरपालिकाले विपन्न, असहाय, बेवारिसेलगायत निःशुल्क उपचार प्राप्त गर्ने लक्षित वर्गका लागि वीर अस्पतालमा सहजीकरण कक्ष स्थापना गर्ने भएको छ । लक्षित वर्गका लागि उपचार प्रभावकारी बनाउन वीर अस्पतालमा सहजीकरण कक्ष स्थापना गर्न थालिएको हो ।

आज कामपा स्वास्थ्य विभागका प्रमुख दीपक केसी र अस्पतालका निर्देशक प्राडा दिलिप शर्माले सम्झौतापत्रमा हस्ताक्षर गरे । सम्झौताअनुसार अस्पतालले सहजीकरण कक्षका लागि स्थान उपलब्ध गराउनेछ । कक्षमा नर्सिङ विषय अध्ययन गरेका तीन जना जनशक्ति करार सेवामा राख्नेछ । यसरी राखिएका जनशक्तिको पारिश्रमिक कामपाले उपलब्ध गराउनेछ ।

उक्त कक्षबाट कामपाको अनलाइन प्रणालीमार्फत उपचारका लागि आएका बिरामीलाई विभिन्न निजी तथा सामुदायिक अस्पतालमा पुर्‍याउने काम हुने कामपा स्वास्थ्य विभागका प्रमुख केसीले जानकारी दिए ।

महानगरले विसं २०८० फागुन १ गतेदेखि लक्षित वर्गका लागि निःशुल्क उपचार सेवा उपलब्ध गराउँदै आएको छ । यसमा देशभित्रका कुनै पनि ठाउँका व्यक्तिले रोगको निदान, प्रयोगशाला परीक्षणसहितको उपचार प्राप्त गर्न सक्नेछन् । लक्षित वर्गले तीन वटा विधिमध्ये कुनै एक विकल्पबाट सेवा प्राप्त सकिने कामपाले जनाएको छ ।

“पहिलो विपन्न परिचयपत्र छ भने सिधैँ अस्पतालमा जान सकिन्छ । दोस्रोमा विपन्न परिचयपत्र छैन भने आफू बसोबास गरिरहेको वडाबाट तोकिएको ढाँचामा सिफारिस, सर्जमिन मुचुल्कासहितका कागजपत्र लिएर सेवा लिन जान सकिन्छ । तेस्रोमा यी दुईवटै अवस्थाका कागजपत्र लिन नसक्नेहरूले आफू विपन्न भएको प्रमाण लिएर महानगरको निःशुल्क स्वास्थ्य सेवा सहजीकरण एकाइमा सम्पर्क गर्न सक्नेछन्”, कामपा स्वास्थ्य विभागका प्रमुख केसीले भने ।

अहिलेसम्म उक्त सेवा हर्निया, हाइड्रोसिल, पाठेघर, स्नायु तथा नशाको, पित्तथैलीको पत्थरीको, मिर्गौलामा पत्थरी भएको, हाडजोर्नीको, नाक, कान र घाँटीजस्ता शल्यक्रिया गर्नुपर्ने बिरामीले अपरेसनको सुविधा लिइरहेका छन् ।

यस्तै जटिल खालको मधुमेह, मिर्गौलाको रोग, क्षयरोग, उच्च रक्तचाप, दम, मधुमेह, दीर्घ कलेजोको रोगको उपचार, आकस्मिक स्वास्थ्य सेवा, नशा तथा स्नायुको उपचार, श्वासप्रश्वाशसम्बन्धी समस्याको उपचार, मूत्र प्रणाली तथा पिसासम्बन्धी सेवा उपलब्ध भइरहेको जनाइएको छ । कामपाको यो प्रणालीमा निजी क्षेत्रबाट सञ्चालित ५३ वटा अस्पतालका ३८० श्यया आबद्ध भएका छन् ।

प्रकाशित मिति : २८ आश्विन २०८२, मंगलबार  ९ : १८ बजे

प्रधानमन्त्रीको काँधले सिंगो देशको भार थामिरहेको छ : रक्षा बम

काठमाडौँ । जेनजी अगुवा रक्षाम बमले देश निर्वाचन होमिएको र

प्रधानसेनापतिले भने : क्षेत्रीय सुरक्षाको अवस्था चुनौतीपूर्ण बन्दै गएको छ

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले वर्तमान अन्तरराष्ट्रिय तथा क्षेत्रीय सुरक्षाको

माघ १० देखि काठमाडौं महानगरले सहिद सप्ताह सुरु गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले यही माघ १० गते शनिबारदेखि सहिद

आचारसंहिता उल्लंघन गरेपछि कोशीका मुख्यमन्त्रीलाई सोधियो तीन दिने स्पष्टीकरण

काठमाडौँ- कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कार्कीलाई स्पष्टीकरण सोधिएको छ

वार्षिक प्रतिवेदन नबुझाएसम्म सहकारी खारेजीका लागि अनुमति नदिने

काठमाडौं – काठमाडौं महानगरपालिकाले आफ्नो कार्यक्षेत्रमा सञ्चालनमा रहेको सहकारीलाई वार्षिक