शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ? | Khabarhub Khabarhub

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?


२८ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रूपैयाँ ५७ पैसा र बिक्रीदर १४२ रूपैयाँ १७ पैसा निर्धारण गरिएको छ।

यस्तै, युरोपियन युरो एकको खरिददर १६४ रूपैयाँ ४३ पैसा र बिक्रीदर १६५ रूपैयाँ १३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रूपैयाँ २४ पैसा र बिक्रीदर १८७ रूपैयाँ ०३ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १७७ रूपैयाँ ९३ पैसा र बिक्रीदर १७८ रूपैयाँ ६८ पैसा कायम गरिएको छ।

अष्ट्रेलियन डलर एकको खरिददर ९२ रूपैयाँ ९५ पैसा र बिक्रीदर ९३ रूपैयाँ ३५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रूपैयाँ १७ पैसा र बिक्रीदर १०१ रूपैयाँ ६० पैसा, सिङ्गापुर डलर एकको खरिददर १०८ रूपैयाँ ८३ पैसा र बिक्रीदर १०९ रूपैयाँ २९ पैसा तोकिएको छ।

जापानी येन १० को खरिददर नौ रूपैयाँ १५ पैसा र बिक्रीदर नौ रूपैयाँ १९ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रूपैयाँ ९५ पैसा र बिक्रीदर २० रूपैयाँ ०३ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रूपैयाँ ७५ पैसा र बिक्रीदर ३७ रूपैयाँ ९१ पैसा, कतारी रियाल एकको खरिददर ३८ रूपैयाँ ८४ पैसा र बिक्रीदर ३९ रूपैयाँ कायम भएको छ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रूपैयाँ ३८ पैसा र बिक्रीदर चार रूपैयाँ ४० पैसा, युएई दिराम एकको खरिददर ३८ रूपैयाँ ५४ पैसा र बिक्रीदर ३८ रूपैयाँ ७१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३४ रूपैयाँ २९ पैसा र बिक्रीदर ३४ रूपैयाँ ४३ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रूपैयाँ ६६ पैसा र बिक्रीदर नौ रूपैयाँ ७० पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रूपैयाँ ०५ पैसा र बिक्रीदर १५ रूपैयाँ ११ पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रूपैयाँ ०२ पैसा र बिक्रीदर २२ रूपैयाँ ११ पैसा तोकिएको छ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रूपैयाँ २२ पैसा र बिक्रीदर १८ रूपैयाँ २९ पैसा, कुवेती दिनार एकको खरिददर ४६१ रूपैयाँ ५२ पैसा र बिक्रीदर ४६३ रूपैयाँ ४७ पैसा, बहराइन दिनार एकको खरिददर ३७५ रूपैयाँ ५२ पैसा र बिक्रीदर ३७७ रूपैयाँ ११ पैसा , ओमनी रियाल एकको खरिददर ३६७ रूपैयाँ ७१ पैसा र बिक्रीदर ३६९ रूपैयाँ २७ पैसा रहेको छ। भारतीय रूपैयाँ एक सयको खरिददर १६० रूपैयाँ र बिक्रीदर १६० रूपैयाँ १५ पैसा तोकेको छ।

राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ।

प्रकाशित मिति : २८ कार्तिक २०८२, शुक्रबार  ५ : २२ बजे

यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

युट्युब हेरेर सिकेको काष्ठकलाबाट मनग्य आम्दानी

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ का भक्तबहादुर महरा दुई दशक अघिसम्म

आज भारतको बिहार विधानसभा चुनावको मत गणना हुँदै

काठमाडौं–  भारतको बिहार विधानसभा चुनावको मत गणना आज हुँदैछ।  नोभेम्बर

‘भ्रष्टाचारको ट्याग हटाउन कति पटक मरौं ?’

काठमाडौं – भरतपुरस्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्‍गशाला निर्माणमा धुर्मुस-सुन्तली

थारू महिलाको पौरख : नेपालगञ्जलाई अर्ग्यानिक स्वाद

राँझा– नेपालगञ्ज सहरको व्यस्तता र आयातित तरकारीको भीडमा बाँके र