विश्वकप छनोट : रोनाल्डोले रातो कार्ड पाएको खेलमा पोर्चुगल २-० ले पराजित « Khabarhub

विश्वकप छनोट : रोनाल्डोले रातो कार्ड पाएको खेलमा पोर्चुगल २-० ले पराजित


२८ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वकप छनोट अन्र्गत गएराति भएको खेलमा पोर्चुगल पराजित भएको छ। विश्वकप २०२६ को छनोट अन्तर्गत घरेलु मैदानमा पोर्चुगल आयरल्यान्डसँग २-० गोल अन्तरले पराजित भएको हो।

आयरल्यान्डको जितमा खेलको १७ औं र ४५ मिनेटमा ट्रोय प्यारटले गोल गरे।

दोस्रो हाफमा कमब्याक गर्ने प्रयास गरेको पोर्चुगलले खेलको ६१ मिनेटमा क्रिस्टियानो रोनाल्डोलाई गुमाएको थियो। उनी रातो कार्ड पाएर मैदानबाट बाहिरिन बाध्य भए। त्यसपछि पोर्चुगल थप दबाबमा परेको थियो।

यो जितसँगै आयरल्यान्डको विश्वकप सपना अझ बलियो बनेको छ। समूह ‘एफ’को शीर्ष स्थानको पोर्चुगलले बाँकी खेल रोनाल्डो बिना नै खेल्नेछ।

प्रकाशित मिति : २८ कार्तिक २०८२, शुक्रबार  ५ : ३९ बजे

कृषि उद्यशिलताका लागि वैदेशिक रोजगारीबाट फर्केका युवालाई उच्च प्राथमिकता

काठमाडौँ– उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले

काठमाडौँ महानगरले अब हुलाकबाट चिठ्ठी पठाउने, गोश्वारा हुलाकसँग सम्झौता

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले विभिन्न निकायसँग हुने पत्र व्यवहारलाई हुलाक मार्फत

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने

संसदमा नयाँ भवन ऐन दर्ता : विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, एकजना घाइते

मोरङ– मोरङको लेटाङ नगरपालिका– ९ हात्तीचोकस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना