उद्यमीलाई सहुलियत ब्याजदरमा बिनाधितो ऋण « Khabarhub

उद्यमीलाई सहुलियत ब्याजदरमा बिनाधितो ऋण


२८ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– जिल्ला सदरमुकाम बेनी बजारको सिमाना लामाखेतमा कार्यालय रहेको पर्वतको जलजला गाउँपालिकाले उद्यमीलाई सहुलियत ब्याजदरमा बिनाधितो ऋण उपलब्ध गराएको छ ।

गाउँपालिकाले सञ्चालन गरेको ‘रूपान्तरणीय सामाजिक परिचालनद्वारा वडा विकास कार्यक्रम’ अन्तर्गत चालु आर्थिक वर्ष २०८२-८३ को पहिलो चौमासिकमा १२ जना उद्यमीलाई एक–एक लाखका दरले ऋण उपलब्ध गराइएको हो ।

गाउँपालिकाका सामाजिक विकास अधिकृत भेषनाथ आचार्यका अनुसार चार किस्तामा फिर्ता गर्नेगरी वार्षिक सात प्रतिशत ब्याजदरमा बिनाधितो सहुलियत ब्याजदरमा ऋण उपलब्ध गराइएको छ । 

चार महिनापछि चार–चार महिनामा रु २५ हजारका दरले १६ महिनामा सबै रकम फिर्ता गर्नेगरी ऋण उपलब्ध गराइएको हो । आवेदन संकलन, उद्यमको स्थलगत अनुगमन, आवद्ध टोल विकास संस्थाको निर्णय र वडा कार्यालयको सिफारिसका आधारमा उद्यमी छनोट गरिएको छ ।

वडा नं १ का गङ्गाकुमारी पाइजाले कुखुरापालन, वडा नं ६ का छममाया खोर्जा पुनले बाख्रापालनरतरकारीखेती, वडा नं २ की चन्द्रकली घर्तीक्षेत्रीले भैँसीपालन, ८ की गुमा क्षेत्री, नारायण जिसीले पशुपालन, वडा नं ४ का जगतबहादुर घर्ती क्षेत्रीले माछापालन, ढकबहादुर घर्ती क्षेत्री, वडा नं ८ का शिवबहादुर जिसीले कुखुरारमाछापालन, वडा नं ९ का बमबहादुर गर्बुजा मगरले पलास्टिक पोखरी निर्माण, ८ का गगनबहादुर महतले भैँसीपालन, ३ की माया घर्ती क्षेत्रीले सौन्दर्य सामग्री व्यवसाय र वडा नं ७ का दुर्गा दमाईले तरकारीखेतीरकुखुरापालनका लागि ऋण पाएका छन्  ।

गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्य, उपाध्यक्ष दीपक आचार्य र प्रमुख प्रशासकीय अधिकृत खगराज गौतमको रोहबरमा बुधबार सम्झौता गरी उद्यमीहरूको खातामा रकम पठाइएको हो । आव २०८०-८१ मा नौ जनालाई रु नौ लाख, २०८१-८२ मा २० जनालाई रु १९ लाख ७५ हजार लगानी गरिएको घुम्ती कोषमार्फत चालु आवको फागुनमा थप आठ र असारमा पाँच जनालाई लगानी गरिने गाउँपालिकाले जनाएको छ ।

सहुलियत ब्याजदरमा बिनाधितो प्राप्त गरेको घुम्ती कोषको रकम अवधि पुगेपछि टोल विकास संस्थालाई फिर्ता गर्नुपर्नेछ । असल उद्यमी निर्माण तथा उद्यमशीलताको विकास गर्ने, भौतिक पूर्वाधारका काममा गुणस्तर कायम गर्ने, कृषि तथा पशुजन्य उत्पादनमा आत्मनिर्भर बनाउने, युवाको विदेश पलायन न्यूनीकरण गरी रोजगारीका अवसर सृजना गर्नेलगायत उद्देश्यले यो कार्यक्रम सञ्चालन गरिएको छ ।

पालिकाभित्रै व्यावसायिक रूपमा गरिने फलफूल, तरकारी उत्पादन, पशुपन्छीपालन, घरेलु औजार तथा उपकरण निर्माण गरी स्वरोजगारमुलक काम गरिरहेका उद्यमीको प्रोत्साहन हुनुका साथै यस क्षेत्रमा लाग्न चाहने युवालाई पनि बिनाधितो ऋण प्रवाहले प्रेरणा मिलेको छ ।
 

प्रकाशित मिति : २८ कार्तिक २०८२, शुक्रबार  ६ : १४ बजे

उदयपुर सिमेन्टमा पुगेर बालेन भन्छन्- उद्योग देशका मेरुदण्ड हुन्

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र शाह

पर्वतका ९५० किशोरीलाई एचपीभी खोप लगाइने

पर्वत– जिल्लाका ९५० किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’

आईएसएसको अन्त्य, सहकार्यको युग

एजेन्सी– अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) सन् २०३० मा पृथ्वीमा फर्किँदा

कप्तान रोहितले क्यानडाविरुद्ध नखेल्ने : आजको खेलको कप्तानी दीपेन्द्रले गर्ने

काठमाडौं – आइसिसी टी–२० विश्वकप अगाडिको अन्तिम अभ्यास खेल नेपालका

निर्धक्क भएर निर्वाचनमा खटिन अर्थमन्त्रीको आग्रह

गलकोट– अर्थमन्त्री रामेश्वर खनालले निर्धक्क भएर निर्वाचनको तयारी गर्न सरोकार