तनहुँका पालिकामा खेलकुद उत्सव « Khabarhub

तनहुँका पालिकामा खेलकुद उत्सव


२८ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

दमौली– जिल्लाका विभिन्न पालिकामा जारी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताले यहाँका खेलप्रेमी विद्यार्थी उत्साहित भएका छन् । जिल्लाका दश पालिकामध्ये केहीमा प्रतियोगिता सम्पन्न भएका छन्भने केहीमा खेल हुँदै छन् । 

पर्याप्त खेलकुद पूर्वाधारका नभए पनि स्थानीय तहले रनिङ शिल्ड प्रतियोगिता सुरु गरेका बताउँदै भने, ‘जिल्लाका सबै पालिकामा रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएपछि जिल्लास्तरीय प्रतियोगिता दमौलीमा आयोजना गर्छौ ।’ पालिकास्तरीय प्रतियोगिताले जिल्लामा खेलकुद उत्सवको वातावरण बनेको छ ।

बन्दीपुरको उपाधि पवित्रा माविलाई

बन्दीपुर गाउँपालिकाले आयोजना गरेको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि बन्दीपुर गाउँपालिका–१ स्थित पवित्रा माध्यमिक विद्यालयले जितेको छ । टुँडिखेलमा बिहीबार सम्पन्न प्रतियोगितामा २३ पदक सहित पवित्राले उपाधि जितेको हो । 

पवित्रा माध्यमिक विद्यालयले १६ स्वर्ण, दुई रजत र पाँच कास्य पदक जितेको बन्दीपुर गाउँपालिकाका शिक्षा शाखा प्रमुख भीम लामिछानेले जानकारी दिए। 

प्रतियोगितामा भानु माध्यमिक विद्यालय १८ पदक सहित द्वितीय भएको छ । भानुले चार स्वर्ण, पाँच रजत र नौ कास्य जितेको छ । मनास्लु बोर्डिङ स्कूल १४ पदक सहित तृतीय भएको छ । मनास्लुले चार स्वर्ण, पाँच रजत र पाँच  पदक जितेको हो । 

भानुको उपाधि होमराजलाई

भानु नगरपालिकाले आयोजना गरेको नगरस्तरीय सातौँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि होमराज लोहनी शारदा शिक्षा सदनले जितेको छ । प्रतियोगितामा ११ पदकका साथ होमराजले उपाधि हात पारेको हो । होमराजले पाँच स्वर्ण, दुई रजत र चार कास्य पदक जितेको छ । 

प्रतियोगितामा जयबुद्ध माध्यमिक विद्यालय द्वितीय भएको छ । जयबुद्धले तीन स्वर्ण, पाँच रजत र एक कास्य पदक जितेको छ । राष्ट्रिय माध्यमिक विद्यालय तृतीय हुँदा उसले तीन स्वर्ण, तीन रजत र दुई कास्य पदक जितेको छ । 
 
यसैबीच, व्यास नगरपालिकाको आयोजना र निर्मल माध्यमिक विद्यालयको व्यवस्थापनमा नगरस्तरीय रनिङशिल्ड आगामी सोमबार मंगलबार  १ र २ गते निर्मल माध्यमिक विद्यालयको मैदानमा हुने भएको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०८२, शुक्रबार  १० : ५२ बजे

इनड्राइभद्वारा ‘इनड्राइभसँग आफ्नै रोजाइमा, छैन प्रेसर’ ड्राइभर ३६० क्याम्पेन सार्वजनिक

काठमाडौं– इनड्राइभले नेपालमा सञ्चालनको पाँच वर्ष पूरा गरेको छ । नेपालमा पाँच

दल त्यागपछि एमालेका ८ वडा अध्यक्षको पद रिक्त

काठमाडौं– निर्वाचन आयोगले दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश

प्रतिनिधिसभाको बैठक सञ्चालनमा ढिलाइ

काठमाडौं– आज बिहान ११ बजेका लागि तय भएको प्रतिनिधिसभाको आजको बैठक

इरानले भन्यो : अमेरिकी-इजरायली आक्रमण रोक्नु खाडी देशहरूको जिम्मेवारी

तेहरान- इरानले अहिले जारी आक्रमण रोक्न खाडी देशहरूले भूमिका खेल्नुपर्ने

‘जहाँ तीन विद्यार्थीका कारण विद्यालय छ’

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ४ भालेबासमा रहेको धवलागिरि आधारभूत विद्यालयमा