सुशासन प्रवर्द्धनमा सञ्चारकर्मीको जोड « Khabarhub

सुशासन प्रवर्द्धनमा सञ्चारकर्मीको जोड


२८ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

पाटन– सुशासन प्रवर्द्धनमा सञ्चारकर्मीको महत्वपूर्ण भूमिका हुने भएकाले सूचनाको हकलाई उपयोग गरी हरेक किसिमका अनियमितता रोक्नेतर्फ नै पत्रकारले आफूलाई क्रियाशील राख्नुपर्नेमा जोड दिइएको छ । 

वाग्मती गाउँपालिका– २ सँगको सहकार्यमा नेपाल पत्रकार महासङ्घ ललितपुर शाखाले शुक्रबार आयोजना गरेको ‘सूचनाको हक प्रवर्द्धनमा पत्रकार महासङ्घको भूमिका कार्यक्रम’मा  नेपाल पत्रकार महासङ्घका उपाध्यक्ष उमीदप्रसाद बागचन्दले सूचनाको हकको प्रयोगमा पत्रकार जिम्मेवार हुनुपर्ने बताए। 

देश र जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्नेमा उनको जोड थियो । ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी गीता घिमिरेले सुशासन कायम गर्न सूचनाको हकको उपयोग हुनु प्रशंसनीय छ भन्दै सही सूचनाले समाजमा सकारात्मक प्रभाव पर्ने बताए। 

वाग्मती गाउँपालिका–२ का अध्यक्ष रामबहादुर ब्लोनले जन-चाहनाअनुरुप पत्रकार र स्थानीय जनप्रतिनिधिले काम गर्नुपर्ने विचार व्यक्त गरे।

नेपाल पत्रकार महासङ्घ उपत्यका प्रदेशका अध्यक्ष टेनिस रोका र ललितपुर शाखाका अध्यक्ष रामहरि कार्कीले सुशासन प्रवर्द्धनमा सञ्चारकर्मी अहोरात्र खट्नुपर्छ भने ।  

प्रकाशित मिति : २८ कार्तिक २०८२, शुक्रबार  ११ : २० बजे

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ

बजारको पहुँच किसानलाई समस्या 

भोजपुर– भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पुर्‍याउन समस्या भइरहेको

उपराष्ट्रपति यादवबाट क्रिसमस पर्वको शुभकामना 

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले क्रिसमस पर्व (क्रिसमस डे)– २०२५ को