प्रचण्डको स्पष्टीकरण : नेकपाका संरचना अपूरा छन्, विधानअनुसार समावेशी बनाउँदै जान्छौं   « Khabarhub

प्रचण्डको स्पष्टीकरण : नेकपाका संरचना अपूरा छन्, विधानअनुसार समावेशी बनाउँदै जान्छौं  


२८ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) सहित एक दर्जनभन्दा बढी वाम समूह मिलेर नयाँ नेपाली कम्युनिस्ट पार्टी निर्माणको प्रक्रिया तीव्र रुपमा अगाडि बढिरहेको संयोजक पुष्पकमल दाहाल प्रचण्डले जनाएका छन्।

आगामी फागुन २१ गतेका लागि सरकारले आम चुनाव घोषणा गरिसकेकाले निर्वाचन आयोगले दल दर्ताका लागि यही कात्तिक ३० गतेभित्र प्रमाणपत्र लिइसक्नुपर्ने सूचना जारी गरेको थियो। तर आयोगमा बुझाइएको विवरणबारे केही गलत बुझाइ बढ्दै गएपछि संयोजक प्रचण्डको सचिवालयले बिहीबार स्पष्टीकरण दिएको छ।

संयोजक र सह–संयोजक बाहेकका सबै पद तथा समितिहरू आपसी सहमतिका आधारमा बनाइने प्रचण्डको सचिवालयले जनाएको छ। 

अहिले ती संरचना तयार गर्ने गृहकार्य चलिरहेको उनले जनाएका छन् । एकीकृत पार्टीको केन्द्रीय समिति र अन्य सबै संरचना पनि यही प्रक्रियाअनुसार टुंगो लाग्ने जनाइएको छ। निर्वाचन व्यवस्थापन र समयको चापका कारण आयोगमा एकीकरणपूर्वका स्थायी समिति सदस्यहरूको सूची बुझाइएको स्पष्ट गरिएको छ। 

कानुनअनुसार एकतिहाइ महिला समावेश गर्नुपर्ने प्रावधान पूरा गर्न तत्काल उपलब्ध भई हस्ताक्षर गर्न उपस्थित भएका १३ जना महिला केन्द्रीय सदस्यहरूको नाम त्यही सूचीमा थपिएको बताइएको छ। सचिवालयका अनुसार यो कुनै पृथक संरचना होइन, विधानअनुसारको संरचना अझै बनाइनेछ।

सचिवालयले आयोगमा पेश गरिएको सूचीलाई लिएर उत्पन्न हुन सक्ने भ्रममा नपर्न आग्रह गर्दै एकीकरण अभियानका बाँकी कामहरू दृढतापूर्वक पूरा गर्न सबै पक्षलाई आह्वान गरेको छ।

प्रकाशित मिति : २८ कार्तिक २०८२, शुक्रबार  ११ : १७ बजे

बूढीगण्डकी बाढी प्रभावितको उद्धारका लागि हेलिकप्टर परिचालन भइसक्यो : गृहमन्त्री गुरुङ

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले बूढीगण्डकी नदी तटीय क्षेत्रका बासिन्दाहरूलाई तत्काल

कांग्रेस महामन्त्रीमा पौडेल र पुन अगाडि, अरुको अवस्था के छ ?

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महामन्त्री (खुला २) पदका लागि

कांग्रेसको उपसभापतिमा भण्डारी (६७९) र आचार्य (३९३)लाई अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा उपसभापति (खुला २)

बूढीगण्डकीमा आएको बाढीले आरुघाटस्थित पक्की पुल र केरौँजा जाने झोलुंगे पुल बगायो

काठमाडौँ– गोरखाको बूढीगण्डकीमा आएको बाढीले आरुघाट गाउँपालिकास्थित सोती र मान्बु

रियाद विमानस्थलमा हुथी विद्रोहीको आक्रमण, १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते

काठमाडौँ– साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा इरान