‘होल्डिङ फ्यूल’ नपुग्ने भन्दै काठमाडौं आइसकेको नेवानिको जहाज पठाइयो दिल्ली « Khabarhub

‘होल्डिङ फ्यूल’ नपुग्ने भन्दै काठमाडौं आइसकेको नेवानिको जहाज पठाइयो दिल्ली


२८ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


642
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- आकाशमा चक्कर लगाउन ‘होल्डिङ फ्यूल’ नपुग्ने भन्दै काठमाडौं आइसकेको नेपाल वायुसेवा निगमको एउटा जहाज दिल्ली पठाइएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणअघि ‘होल्डिङ फ्यूल’ नपुग्ने जनाउँदै दुबईबाट आएको आरए २३० नम्बरको उक्त जहाजलाई दिल्लीको इन्दिरा गान्धी विमानस्थलमा डाइभर्ट गरिएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाले जहाज शुक्रबार बिहान ९ : ४० मा अवतरण हुने तालिका थियो । तर एयर ट्राफिक जामका कारण निर्धारित समयमा अवतरण गराउन नसकिने भएपछि दिल्ली पठाइएको हो ।

केहीबेर आकाशमा होल्ड गरिए पनि फ्यूल नपुग्ने भएपछि दिल्ली पठाइएको शेर्पाले जानकारी दिएका छन् । यो जहाजमा दिल्लीमै इन्धन भरेर फेरि काठमाडौं ल्याउने तयारी भइरहेको छ।

प्रकाशित मिति : २८ कार्तिक २०८२, शुक्रबार  ११ : ३६ बजे

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ

बजारको पहुँच किसानलाई समस्या 

भोजपुर– भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पुर्‍याउन समस्या भइरहेको

उपराष्ट्रपति यादवबाट क्रिसमस पर्वको शुभकामना 

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले क्रिसमस पर्व (क्रिसमस डे)– २०२५ को