कजारिया टायल्सले फेसबुक लाइभमार्फत घोषणा गर्‍यो ‘लक्की ड्र’ बम्पर विजेता « Khabarhub

कजारिया टायल्सले फेसबुक लाइभमार्फत घोषणा गर्‍यो ‘लक्की ड्र’ बम्पर विजेता


२८ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  कजारिया टायल्सले ‘कजारियासँगै गृह प्रवेश, घुमौँ देश विदेश !’ को समापन गर्दै बम्पर पुरस्कार विजेताको घोषणा फेसबुक लाइभमार्फत गरेको छ ।

गत दुई महिनादेखि सञ्चालनमा रहेको यस राष्ट्रव्यापी उपभोक्ता योजनाअन्तर्गत, कजारिया टायल्सका ग्राहकले पुरस्कार जित्ने अवसर पाएका थिए । 

कम्पनीका अनुसार १००० वर्गफुट वा सोभन्दा बढी कजारिया टायल्स खरिद गर्ने ग्राहक दैनिक लक्की ड्रका लागि योग्य ठहरिएका थिए, जसमा ४८ विजेतालाई दयब्त को स्मार्टवाच प्रदान गरिएको थियो । र एक जोडीका लागि पूर्ण स्पोन्सर्ड सिङ्गापुर क्रुज यात्रासमेत रहेको थियो ।

यस अफरमा चितवनकी योजीना गुरुङ विजेता घोषित भएकी छन् । उनले उपहार मार्बल पसल, चितवनमार्फत कजारिया टाइल्स खरिद गरेकी थिइन् उनी नै बनिन सिङ्गापुर क्रुज यात्राको भाग्यशाली विजेता ।

कार्यक्रमा कजारिया रमेश टायल्स लिका निर्देशक तथा मुख्य सञ्चालन अधिकृत र ब्रान्ड एम्बासडर, प्रसिद्ध अभिनेत्री दिव्या रायमाझी सहभागी थिए ।

कार्यक्रमका क्रममा कजारिया रमेश टायल्स लिका निर्देशक तथा मुख्य सञ्चालन अधिकृतले भने,’कजारिया टायल्सप्रति तपाईँहरूले देखाउनुभएको माया र विश्वासका लागि हामी सबै अत्यन्तै आभारी छौँ । यही विश्वासले हामीलाई अझ उत्कृष्ट गुणस्तर र आकर्षक डिजाइन प्रस्तुत गर्न प्रेरित गर्छ ।’

त्यस्तै, ब्रान्ड एम्बासडर दिव्या रायमाझीले भनिन्,’यति प्रतिष्ठित र प्रिमियम ब्रान्डको ब्रान्ड एम्बासडरको रूपमा कजारिया परिवारको हिस्सा हुन पाउँदा मलाई गर्वको अनुभूति भएको छ । म हाम्रा भाग्यशाली विजेताको लागि पनि निकै उत्साहित छु, जसले अब कजारियासँग एउटा अविस्मरणीय क्रुज यात्रा अनुभव गर्नेछन् ।’

प्रकाशित मिति : २८ कार्तिक २०८२, शुक्रबार  १२ : ०३ बजे

चिनी महँगिएको गुनासोबीच विभागले भन्यो : प्रतिकेजी ११० रुपैयाँमै बिक्री भइरहेको छ

काठमाडौं – वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ उपत्यकाका

नागार्जुनमा करोडौँको अनियमितता : अख्तियारको छापापछि प्रमाण लुकाउन खडा गरियो नयाँ स्रेस्ता

काठमाडौं- काठमाडौँको नागार्जुन नगरपालिकामा गैरकानूनी बढुवा, जिन्सी खरिदमा फर्जी कागजात

भोटेकोशी बाढीप्रभावितका लागि एनसेल कर्मचारीद्वारा ३३ लाख ५० हजार सहयोग

काठमाडौं– रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार

जटिल रोगका बिरामीलाई बागमती प्रदेश सरकारले उपचारमा सहुलियत दिइने

मकवानपुर– बागमती प्रदेश सरकारले क्यान्सर, हृदयाघात तथा महिलामा हुने पाठेघरको मुखको

चामे-बेँसीसहर सडक अवरुद्ध

मनाङ– हिमाली जिल्ला मनाङको लाइफलाइन मानिएको चामे-बेँसीसहर सडकमा पहिरो खस्दा