‘पाँडे’को फिल्म प्रचार गर्न मेयर बालेन्द्रको युट्युब च्यानलको प्रयोग गरिने « Khabarhub

‘पाँडे’को फिल्म प्रचार गर्न मेयर बालेन्द्रको युट्युब च्यानलको प्रयोग गरिने


२८ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – टेलिसिरियल ‘भद्रगोल’ र ‘सक्किागोनि’बाट चर्चा कमाएका अर्जुन घिमिरे ‘पाँडे’को डेब्यू निर्देशन रहेको फिल्म ‘झरीपछिको इन्द्रेणी’ प्रचार गर्न काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको युट्युब च्यानल प्रयोग गरिने भएको छ ।

फिल्मको प्रचार सामाग्रीका रुपमा पहिलो गीत ‘फसायो लमीले’ मेयर शाहको युट्युब च्यानबाट सार्वजनिक गर्ने बताइएको छ । यो गीत शनिबार बिहान सार्वजनिक हुने बताइएको छ ।

यस गीतको भिडियोमा नायिका दीपाश्री निरौला, मोडेल अञ्जली अधिकारी र प्रदीप लामा फिचर्ड हुने निर्माण पक्षले जनाएको छ ।

गीतमा गायिका समीक्षा अधिकारी र गायक वसन्त थापाको युगल स्वर रहनेछ । यसमा शब्द र संगीत संयोजन रमेश परियारको रहेको छ ।

र्‍याप पृष्ठभूमिका मेयर शाहको सामाजिक सञ्जाल चर्चामा छ । पाँडेले उनको लोकप्रियता प्रयोग गरेर यस फिल्मको प्रचार गर्न लागेका हुन् । पाँडे मेयर बालेन्द्रको कोर टिमको सदस्यसमेत हुन् ।

बालेन्द्रको युट्युब च्यानल ‘बालेन’मा आठ लाखभन्दा बढी सस्क्राइबर छन् ।

पाँडे र कुमार कट्टेल ‘जिग्री’ले निर्माण गरेको पहिलो फिल्म ‘लाज शरणम्’मा पनि बालेन्द्रले एक र्‍याप गीत गाएका थिए ।

झरीपछिको इन्द्रेणीमा गणेश उप्रेती, रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा, कृष्ण शिवाकोटी, कृष्णभक्त महर्जन, अर्जुन घिमिरे, प्रियना आचार्य, अंशु महर्जन, राजेन्द्र नेपाली, लक्षणा राईलगायतको अभिनय रहेको छ।

नागराज इन्टरटेन्मेट प्रालिको ब्यानरमा बनेको यस फिल्मको निर्मात्री सेन्दान लिम्बू हुन् ।

यस फिल्मको प्रदर्शन मिति पुस ४ लाई तोकिएको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०८२, शुक्रबार  १२ : १४ बजे

स्पेसएक्सको ‘स्टारशिप’ रकेट पहिलोपटक पृथ्वीको कक्षमा पठाउने तयारी

एजेन्सी– एलन मस्कको एरोस्पेस तथा रक्षा कम्पनी स्पेसएक्सले आफ्नो विशाल

प्रतिनिधिसभा बैठक : कसले के-के भने ?

काठमाडौं– प्रतिनिधिसभा आजको आकस्मिक समयमा भाग लिने सांसदहरुले पछिल्लो वर्षासँगैको

प्रचण्ड भन्छन्- विना कारण विशिष्ट व्यक्तिलाई पक्राउ गरिरहे सरकारले ठूलो मूल्य चुकाउनुपर्छ

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले विना कारण

इसेवाको प्रमुख कार्यकारी अधिकृतमा निरज शर्मा नियुक्त

काठमाडौं– इसेवा लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा निरज शर्मा नियुक्त भएका छन्

आन्तरिक माग सुस्त हुँदा चीनको औद्योगिक नाफा वृद्धिमा गिरावट

एजेन्सी– आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को तीव्र विस्तारका कारण प्रविधि उत्पादन