‘पाँडे’को फिल्म प्रचार गर्न मेयर बालेन्द्रको युट्युब च्यानलको प्रयोग गरिने « Khabarhub

‘पाँडे’को फिल्म प्रचार गर्न मेयर बालेन्द्रको युट्युब च्यानलको प्रयोग गरिने


२८ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – टेलिसिरियल ‘भद्रगोल’ र ‘सक्किागोनि’बाट चर्चा कमाएका अर्जुन घिमिरे ‘पाँडे’को डेब्यू निर्देशन रहेको फिल्म ‘झरीपछिको इन्द्रेणी’ प्रचार गर्न काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको युट्युब च्यानल प्रयोग गरिने भएको छ ।

फिल्मको प्रचार सामाग्रीका रुपमा पहिलो गीत ‘फसायो लमीले’ मेयर शाहको युट्युब च्यानबाट सार्वजनिक गर्ने बताइएको छ । यो गीत शनिबार बिहान सार्वजनिक हुने बताइएको छ ।

यस गीतको भिडियोमा नायिका दीपाश्री निरौला, मोडेल अञ्जली अधिकारी र प्रदीप लामा फिचर्ड हुने निर्माण पक्षले जनाएको छ ।

गीतमा गायिका समीक्षा अधिकारी र गायक वसन्त थापाको युगल स्वर रहनेछ । यसमा शब्द र संगीत संयोजन रमेश परियारको रहेको छ ।

र्‍याप पृष्ठभूमिका मेयर शाहको सामाजिक सञ्जाल चर्चामा छ । पाँडेले उनको लोकप्रियता प्रयोग गरेर यस फिल्मको प्रचार गर्न लागेका हुन् । पाँडे मेयर बालेन्द्रको कोर टिमको सदस्यसमेत हुन् ।

बालेन्द्रको युट्युब च्यानल ‘बालेन’मा आठ लाखभन्दा बढी सस्क्राइबर छन् ।

पाँडे र कुमार कट्टेल ‘जिग्री’ले निर्माण गरेको पहिलो फिल्म ‘लाज शरणम्’मा पनि बालेन्द्रले एक र्‍याप गीत गाएका थिए ।

झरीपछिको इन्द्रेणीमा गणेश उप्रेती, रमेश उप्रेती, प्रकाश घिमिरे, दीपाश्री निरौला, सरिता गिरी, देशभक्त खनाल, निर्मल शर्मा, कृष्ण शिवाकोटी, कृष्णभक्त महर्जन, अर्जुन घिमिरे, प्रियना आचार्य, अंशु महर्जन, राजेन्द्र नेपाली, लक्षणा राईलगायतको अभिनय रहेको छ।

नागराज इन्टरटेन्मेट प्रालिको ब्यानरमा बनेको यस फिल्मको निर्मात्री सेन्दान लिम्बू हुन् ।

यस फिल्मको प्रदर्शन मिति पुस ४ लाई तोकिएको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०८२, शुक्रबार  १२ : १४ बजे

पुसभित्र कांग्रेसको विशेष अधिवेशन अनिवार्य : महामन्त्री थापा

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आम जनताको परिवर्तनको आकाङ्क्षा

नौ बुँदे माग राखेर आन्दोलनमा उत्रिए ईपीएस पीडित (तस्बिरहरू)

काठमाडौं– रोजगारीका लागि कोरिया जान पाउनुपर्ने माग राखेर युवाहरू आन्दोलनमा

सलमान खानको ‘ब्याटल अफ गलवान’ले निम्त्यायो  विवाद, तथ्य बङ्ग्याएको आरोप

काठमाडौं– सन् २०२० मा गलवान क्षेत्रमा भारतीय र चिनियाँ सेनाबीच

बालेन्द्र लक्षित दीपकको कटाक्ष : ‘हामी पनि नेपाल हाँसेको हेर्न चाहन्छौं’

काठमाडौं – समानुपातिक उम्मेद्वारको सूचीलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

गर्भावस्था र सुत्केरीमा मानसिक स्वास्थ्य, चिकित्सक भन्छन्- बेवास्ताले बढ्दै जोखिम

काठमाडौं– गर्भावस्था र सुत्केरी अवस्था महिलाका लागि जीवनको सबैभन्दा संवेदनशील