‘परान’को व्यापार साढे ७ करोड पुगेको निर्देशकको दाबी « Khabarhub

‘परान’को व्यापार साढे ७ करोड पुगेको निर्देशकको दाबी


२८ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नीर शाह शीर्ष भूमिकामा रहेको फिल्म ‘परान’ले सुरुवाती दुई सातामा साढे ७ करोड ग्रस कलेक्स गरेको निर्देशक दीपक आचार्य ‘काकु’ले दाबी गरेका छन् ।

कात्तिक १४ बाट प्रदर्शनमा आएको यस फिल्म शुक्रबारबाट तेस्रो सातामा प्रदर्शनरत छन् ।

सुरुवाती दुई साता अर्थात् कात्तिक १४ देखि २७ गतेसम्म फिल्मले सात करोड ५० लाख व्यापार गरेको निर्देशक दीपकले बताए ।

प्रदर्शनको सुरुवाती चार दिनमा न्यून शो र अकुपेन्सी पाएको यस फिल्मले सकारात्मक वर्ड अफ माउथका कारण पाँचौ दिनबाट पिक अप लिएको हो ।

निर्माता रञ्जित आचार्यका अनुसार यस फिल्मले प्रदर्शनको पहिलो दिन ५८ शो पाएको थियो । तेस्रो सातामा यो फिल्मले पहिलो दिनको तुलनामा तेब्बर बढी शो पाएको छ ।

हिट फिल्मको सिक्वेल ‘जारी २’सँगको बक्स अफिस प्रतिस्पर्धामा पनि ‘परान’ले दर्शकलाई आफ्नो पक्षमा पार्न सफल भएको छ । एक सातापछि प्रदर्शनमा आएको ‘जारी २’को भन्दा ‘परान’को शो संख्या बढी छ ।

‘परान’को कथा निर्देशक दीपककै हो । यसको पटकथा भने यम थापाले लेखेका छन् । व्यवासायी तथा उद्योगी शेखर गोल्छा र रञ्चित आचार्यको संयुक्त लगानी रहेको कम्पनी ‘बाइस्कोप सिनेमा प्रालि’ले यो फिल्म निर्माण गरेको हो ।

प्रकाशित मिति : २८ कार्तिक २०८२, शुक्रबार  १२ : १७ बजे

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित