प्रतिनिधिसभा र राष्ट्रियसभाको चुनावमा भाग लिन चाहने दललाई दर्ताका लागि आह्वान « Khabarhub

प्रतिनिधिसभा र राष्ट्रियसभाको चुनावमा भाग लिन चाहने दललाई दर्ताका लागि आह्वान


२८ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  निर्वाचन  आयोगले आगामी प्रतिनिधिसभा र राष्ट्रियसभा निर्वाचनमा भाग लिन चाहने राजनीतिक दललाई दर्ताका लागि आह्वान गरेको छ  ।  

आयोगले आज सूचना जारी गरी प्रतिनिधिसभाका लागि मङ्सिर १-१० र राष्ट्रियसभाका लागि मङ्सिर १-७ गतेसम्म दल दर्ता खुला गरेको जनाएको छ । 

आयोगको सूचनामा भनिएको छ, ‘निर्वाचनमा भाग लिन चाहने दलले केन्द्रीय समितिबाट भएको निर्णयको प्रतिलिपि, वार्षिक लेखापरीक्षण प्रतिवेदन तथा अन्य आवश्यक कागजातसहित आयोगमा निवेदन पेस गर्न अनुरोध गर्दछौँ ।’

प्रतिनिधिसभा निर्वाचनका लागि दुई वा दुईभन्दा बढी दल एकै चुनाव चिह्न लिएर भाग लिन चाहेमा त्यससम्बन्धी जानकारी पनि सोही निवेदनको साथमा बुझाउनुपर्ने आयोगले जनाएको छ । सूचनामा उल्लेख छ, ‘दलको विधान, नियमावली तथा घोषणा पत्र, निर्वाचन चिह्नको नमुना र सोको विद्युतीय प्रति पनि पेस गर्न अनुरोध छ ।’

आगामी फागुन २० गतेदेखि राष्ट्रियसभामा रिक्त हुने एक तिहाइ सदस्यका लागि माघ ११ र प्रतिनिधिसभा सदस्यका लागि फागुन २१ गते चुनाव तोकिएको छ । 

प्रकाशित मिति : २८ कार्तिक २०८२, शुक्रबार  १२ : ५२ बजे

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ

बजारको पहुँच किसानलाई समस्या 

भोजपुर– भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पुर्‍याउन समस्या भइरहेको

उपराष्ट्रपति यादवबाट क्रिसमस पर्वको शुभकामना 

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले क्रिसमस पर्व (क्रिसमस डे)– २०२५ को