‘जारी २’मा १४ मिनेट ‘डिरेक्टर्स कट’ थपेकोबारे यसो भन्छन् निर्देशक उपेन्द्र सुब्बा « Khabarhub

‘जारी २’मा १४ मिनेट ‘डिरेक्टर्स कट’ थपेकोबारे यसो भन्छन् निर्देशक उपेन्द्र सुब्बा


२८ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ‘जारी २’का निर्देशक उपेन्द्र सुब्बाले प्रदर्शनको चौथो दिनमा पुगेर १४ मिनेट लामो ‘डिरेक्टर्स कट’ थप्नुको कारणबारे बोलेका छन् । हल भिजिटका क्रममा सञ्चारकर्मीलाई यसबारे स्पष्ट पारेका हुन् ।

‘जारी २’ले अपेक्षित सकारात्मक प्रतिक्रिया नपाएपछि ‘डिरेक्टर्स कट’ थपिएको टिप्पणी छ । त्यस्तै, शो संख्या बढी पाउने उद्देश्यले फिल्म छोटो बनाएर सुरुमा हलमा लगाइएको प्रतिक्रिया पनि आएको छ ।

‘रन टाइम बढी भएको फिल्मलाई हलहरुले कम शो छुट्याउँछन्’ भन्ने भाष्य नेपाली फिल्म क्षेत्रमा मौलाएको छ ।

‘डिरेक्टर्स कट’ थप्नुको पछाडि यी दुवै कारण नरहेको उपेन्द्रले स्पष्टीकरण दिएका छन् । प्राविधिक कारणले मात्रै ‘डिरेक्टर्स कट’को अवधारणा अंगिकार गरिएको दाबी गरे ।

उनले भने, ‘नेपालमा थ्रि एक्ट स्टक्चरमा फिल्मको कथा भन्ने अभ्यास बढी छ । मैले फोर एक्ट स्टक्चरमा बनाउने प्रयास गरेको थिएँ । पछि सम्पादनका क्रममा थ्री एक्ट स्टक्चरमा कथा पुग्यो । मेरा लागि कथा पूर्ण भयो । अनि छोटो बनाएको हो ।’

‘थ्री एक्ट स्टक्चर’मा कथा तीन भागमा विभाजन गरेर पर्दामा उतारिन्छ । पहिलो ‘सेट अप’, दोस्रो ‘कनफ्रनटेसन’ र तेस्रो ‘रेजुलुसन’ ।

‘फोर एक्ट स्टक्चर’मा कथा चार भाग विभाजन गरेर फिल्म बनाइन्छ । ‘पहिलो ‘सेट अप’, दोस्रो ‘राइजिङ एक्सन’, तेस्रो ‘क्राइसिस’ र चौथो ‘रेजुलुसन’ ।

सामान्य भाषामा भन्दा ‘थ्रि एक्ट स्टक्चर’ र ‘फोर एक्ट स्टक्चर’ कथा भन्ने ढाँचा हो ।

अर्थात्, फोर एक्ट स्टक्चरमा खिचिएको फिल्म उपेन्द्रले पहिला थ्रि एक्ट स्टक्चरमा प्रदर्शनमा ल्याएका हुन् । डिरेक्टर्स कट थपेर पछि थोर एक्ट स्टक्चरमै प्रदर्शनमा ल्याएका हुन् ।

‘जारी २’ लेखक पनि उपेन्द्र आफैँ हुन् । यस फिल्मको शीर्ष भूमिकामा नायकहरु दयाहाङ राई, विजय बराल, नायिकाहरु मिरुना मगर र ऋचा शर्मा शीर्ष भूमिकामा रहेका छन् ।

बाँसुरी फिल्मस् र कबड्डी फिल्मस्को सयुक्त ब्यानरमा बनेको यस फिल्मको निर्माता निर्देशकसमेत रहेका रामबाबु गुरुङ हुन् ।

प्रकाशित मिति : २८ कार्तिक २०८२, शुक्रबार  १ : १९ बजे

नेपथ्यको कन्सर्ट : नेपालदेखि दुबई र सिक्किमसम्म गुन्जिँदै

काठमाडौं– नेपाली लोकरक ब्यान्ड ‘नेपथ्य’ फेरि देश-विदेशका विभिन्न सहरमा साङ्गीतिक

पूर्वप्रधानन्यायाधीश पक्राउप्रति विपक्षीको आपत्ति, भने- सरकारले नयाँ ‘स्टन्ट’ देखायो

काठमाडौं– विपक्षी दलका सांसदहरूले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको पक्राउ गरिएको

ताप्लेजुङ दोभानवासीको फेरि बिचल्ली, ६ वर्षमा दुईपटक आगलागी

ताप्लेजुङ– ताप्लेजुङको दोस्रो ठूलो व्यापारिक केन्द्र मानिने मेरिङ्देन गाउँपालिका–३ स्थित

युनाइटेड अजोड इन्स्योरेन्सको महिला सञ्चालकमा बिन्जु दाहाल नियुक्त

काठमाडौं– युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको सञ्चालक समितिले कम्पनीको महिला सञ्चालक

३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान

काठमाडौं– नेपाल राष्ट्र बैंक मौद्रिक व्यवस्थापन विभागले ३० अर्ब रुपैयाँको