‘मधुमेह भएका व्यक्तिका लागि नियमित आँखा परीक्षण अत्यावश्यक’ « Khabarhub

‘मधुमेह भएका व्यक्तिका लागि नियमित आँखा परीक्षण अत्यावश्यक’


२८ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज नोभेम्बर १४ अर्थात् विश्व मधुमेह दिवस । यो वर्षको ‘नारा कार्यस्थलमा मधुमेह: थप बुझौँ र रोकथाम गरौँ’ भन्ने रहेको छ । मधुमेह नसर्नेमध्ये प्रमुख रोगका रूपमा बढिरहेको छ ।

अन्तर्राष्ट्रिय डायबेटिज सङ्घका अनुसार पछिल्लो समय हरेक नौ जनामध्ये एक जनामा मधुमेह देखिने गरेको छ । यसै गरी नेपालमा कूल जनसङ्ख्याको ७ दशमलव ७ प्रतिशत वयस्कमा मधुमेह रहेको तथ्याङ्क छ । 

मधुमेह भएकालाई ‘डायबेटिक रेटिनोप्याथी’ अर्थात् मधुमेहका कारण आँखाको पर्दामा हुने समस्या हुने सम्भावना बढ्दछ । यो आँखाको दृष्टि पर्दा(रेटिना)मा आउने समस्या भएको चिकित्सकले बताउने गरेका छन् । 

आँखा रोग विशेषज्ञ(भिट्रो रेटिनल सर्जन) डा रबा थापाले मधुमेहले आँखामा पार्ने असरका कारण नियमित आँखा परीक्षण अत्यावश्यक रहेको बताए । उनले डायबेटिक रेटिनोप्याथी समयमै पत्ता लागे दृष्टिविहीन हुनबाट बचाउन सकिने बताए । 

डा थापाले भने, ‘डायबेटिक रेटिनोप्याथीको उपचार समयमा नभए व्यक्तिमा अन्धोपन निम्त्याउन सक्छ । सन्तुलित आहार, नियमित व्यायाम र स्वस्थ जीवनशैलीले मधुमेह नियन्त्रण गर्न मद्दत पुग्छ । त्यसैले मधुमेह भएकाले छ/छ महिनामा नभए वर्षमा एक पटक आँखा अनिवार्य परीक्षण गराउँदा राम्रो हुन्छ ।’ रासस
 

प्रकाशित मिति : २८ कार्तिक २०८२, शुक्रबार  १ : १९ बजे

आजको मौसम : तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

अफ्रिका कप : नाइजेरियाको विजयी सुरुवात

काठमाडौं – नाइजेरियाले अफ्रिका कप नेसन्समा विजयी सुरुवात गरेको छ।

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका