भारतका दर्शकले पनि हलमा हेर्न पाउने हिट फिल्म ‘ऊनको स्वीटर’ « Khabarhub

भारतका दर्शकले पनि हलमा हेर्न पाउने हिट फिल्म ‘ऊनको स्वीटर’


२८ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नवीन चौहान लेखन र निर्देशन रहेको फिल्म ‘ऊनको स्वीटर’ भारतका विभिन्न स्थानमा प्रदर्शनमा आउने भएको छ ।

नोभेम्बर २१ देखि यो फिल्म भारतमा प्रदर्शनमा आउने त्यहाँको वितरक कम्पनी ‘एलसी’ले जनाएको छ ।

निर्देशक चौहानका अनुसार यो फिल्म भारतको दार्जिलिङ, कर्स्याङ, नाम्ची, गान्तोक र सिलिगुडीमा प्रदर्शनमा आउनेछ । त्यहाँका हलहरुले शो पनि छुट्याइसकेका छन् ।

नेपाली भाषीलाई लक्षित गरी भारतमा फिल्म प्रदर्शनमा ल्याउन लागिएको चौहानले बताए ।

यो फिल्मको भारत प्रिमियर नोभेम्बर २० मा सिक्किमा हुने बताइएको छ । प्रिमियरमा फिल्मका शीर्ष कलाकार नायक विपीन कार्की, मुख्य कलाकार पारस एलेक्स र निर्देशक चौहान उपस्थिति हुनेछन् ।

फिल्ममा समावेश गीतहरुमा स्वर र फिल्ममा संगीत दिएका गायक सुजन चापागाईं पनि प्रिमियरमा उपस्थित हुने निर्माण पक्षले बताएको छ ।

‘ऊनको स्वीटर’ नेपालमा वैशाख २६ देखि प्रदर्शनमा आएको थियो । ११ करोड ३४ लाख ग्रस कलेक्सन गरेको ‘ऊनको स्वीटर’ यस वर्षको दोस्रो हिट फिल्मले हो । असोज ३१ बाट प्रदर्शनरत नायक अनमोल केसी स्टारर फिल्म ‘जेरी अन टप’ले यसको रेकर्ड ब्रेक गरेको हो ।

आर्टमाण्डूको ब्यानरमा बनेको यस फिल्मको शीर्ष कलाकारहरु विपीन र नायिका मिरुना मगर हुन् । चौहानले ‘ऊनको स्वीटर’बाटै फिल्म निर्देशनमा डेब्यू गरेका हुन् ।

प्रकाशित मिति : २८ कार्तिक २०८२, शुक्रबार  ४ : ५८ बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको