भारतका दर्शकले पनि हलमा हेर्न पाउने हिट फिल्म ‘ऊनको स्वीटर’ « Khabarhub

भारतका दर्शकले पनि हलमा हेर्न पाउने हिट फिल्म ‘ऊनको स्वीटर’


२८ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नवीन चौहान लेखन र निर्देशन रहेको फिल्म ‘ऊनको स्वीटर’ भारतका विभिन्न स्थानमा प्रदर्शनमा आउने भएको छ ।

नोभेम्बर २१ देखि यो फिल्म भारतमा प्रदर्शनमा आउने त्यहाँको वितरक कम्पनी ‘एलसी’ले जनाएको छ ।

निर्देशक चौहानका अनुसार यो फिल्म भारतको दार्जिलिङ, कर्स्याङ, नाम्ची, गान्तोक र सिलिगुडीमा प्रदर्शनमा आउनेछ । त्यहाँका हलहरुले शो पनि छुट्याइसकेका छन् ।

नेपाली भाषीलाई लक्षित गरी भारतमा फिल्म प्रदर्शनमा ल्याउन लागिएको चौहानले बताए ।

यो फिल्मको भारत प्रिमियर नोभेम्बर २० मा सिक्किमा हुने बताइएको छ । प्रिमियरमा फिल्मका शीर्ष कलाकार नायक विपीन कार्की, मुख्य कलाकार पारस एलेक्स र निर्देशक चौहान उपस्थिति हुनेछन् ।

फिल्ममा समावेश गीतहरुमा स्वर र फिल्ममा संगीत दिएका गायक सुजन चापागाईं पनि प्रिमियरमा उपस्थित हुने निर्माण पक्षले बताएको छ ।

‘ऊनको स्वीटर’ नेपालमा वैशाख २६ देखि प्रदर्शनमा आएको थियो । ११ करोड ३४ लाख ग्रस कलेक्सन गरेको ‘ऊनको स्वीटर’ यस वर्षको दोस्रो हिट फिल्मले हो । असोज ३१ बाट प्रदर्शनरत नायक अनमोल केसी स्टारर फिल्म ‘जेरी अन टप’ले यसको रेकर्ड ब्रेक गरेको हो ।

आर्टमाण्डूको ब्यानरमा बनेको यस फिल्मको शीर्ष कलाकारहरु विपीन र नायिका मिरुना मगर हुन् । चौहानले ‘ऊनको स्वीटर’बाटै फिल्म निर्देशनमा डेब्यू गरेका हुन् ।

प्रकाशित मिति : २८ कार्तिक २०८२, शुक्रबार  ४ : ५८ बजे

काठमाडौं प्रवासी नेपालीलाई नेपालमा लगानी गर्न अर्थमन्त्रीको आग्रह 

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रवासमा रहेका नेपालीलाई नेपालमा ढुक्क

संरक्षणको अभावमा जीर्ण बन्दै कान्तिताल

राँझा– नेपालगञ्ज उपमहानगरपालिका–२२ पुरैनीस्थित कान्तिताल संरक्षणको अभावमा जीर्ण बन्दै गएको

जलविद्युत् आयोजनाको सहयोगमा फेदीखोलामा ट्रस पुल निर्माण

दमौली– तनहुँ जलविद्युत् आयोजनाको सहयोगमा भिमाद नगरपालिका–५ स्थित फेदीखोलामा ट्रस

कांग्रेस संस्थापनइतर समूहको राष्ट्रिय भेलामा विधान संशोधन सहितका प्रतिवेदन पेश

काठमाडौं – काठमाडौंको सुकेधारास्थित एक पार्टी प्यालेसमा जारी नेपाली कांग्रेसको संस्थापनइतर समूहको

पोखराको विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता

कास्की– पोखरामा आज दिउँसो विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता