चौतारीका दुवै गणेशले भने : एमालेमा केपी ओलीको विकल्प छैन « Khabarhub

चौतारीका दुवै गणेशले भने : एमालेमा केपी ओलीको विकल्प छैन


२८ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई आगामी महाधिवेशनमा सर्वसम्मत रूपमा पुनः अध्यक्ष बनाउनु पर्ने बताएका छन् ।

अध्यक्ष पाण्डेले प्रेस चौतारीका केन्द्रीय पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको आन्तरिक बैठकमा बोल्दै देशलाई स्थिरता, राष्ट्रियता र आर्थिक पुनरुत्थानको बाटोमा लैजान केपी ओलीको सक्षम नेतृत्व अहिलेको आवश्यकता भएको बताए ।

‘एमालेलाई एकताबद्द गरेर राष्ट्रिय राजनीतिको नेतृत्व गर्न सक्ने नेता अध्यक्ष ओली नै हुन्। त्यसैले पार्टीभित्र कुनै विवाद वा प्रतिस्पर्धा होइन, राष्ट्रिय आवश्यकता बुझेको सर्वसम्मत मान्यता आवश्यक छ,’ उनले भने ।

उक्त बैठकमा उपस्थित चौतारीका निवर्तमान अध्यक्ष गणेश बस्नेतले पनि एमालेमा ओलीको विकल्प नभएको तर्क गरेका छन्।

अध्यक्ष पाण्डेले आगामी महाधिवेशनलाई संगठन सुदृढीकरण, विचार–सिद्धान्त परिष्करण र राष्ट्रिय राजनीति स्थिर बनाउन महत्वपूर्ण मोडको रूपमा व्याख्या गरे ।

अध्यक्ष पाण्डेले भदौ २३ र २४ गतेको आन्दोलन प्रतिक्रान्ति भएको बताएका छन् ।

प्रकाशित मिति : २८ कार्तिक २०८२, शुक्रबार  २ : ३० बजे

नेप्से परिसूचकमा सामान्य अंकको गिरावट

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से)परिसूचकमा सामान्य अंकको गिरावट देखिएको छ। 

राष्ट्रिय सभाको हिउँदे अधिवेशन माघ ४ गते बोलाउन सिफारिस

काठमाडौं– सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले संघीय संसद्को माथिल्लो सदन

दलबल लिएर देउवा भेट्न पुगे शेखर

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालासहितको टोली शेरबहादुर देउवालाई भेट्न

नेपाली कांग्रेसद्वारा सबै सदस्यसमक्ष एकता र संयमको अपील

काठमाडौँ– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले देश अहिले गम्भीर

विशेष महाधिवेशनले संकटमा परेपछि कानुन व्यवसायी र पार्टी पदाधिकारीसँग छलफल गर्दै देउवा

काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूनिकट कानून व्यवसायी र