मादी पुल निर्माण धमाधम : ७२ प्रतिशत भौतिक प्रगति « Khabarhub

मादी पुल निर्माण धमाधम : ७२ प्रतिशत भौतिक प्रगति


२८ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

तनहुँ– मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत पृथ्वी राजमार्गको सबैभन्दा लामो आर्क ‘डिजाइन’को मादी पुल निर्माणले तीव्रता पाएको छ । पर्यटकलाई आकर्षण गर्ने उद्देश्यले पुल कलात्मक आर्क डिजाइनको निर्माण गर्न लागिएको हो । 

यातायात आवागमनको प्रयोगका लागि मात्रै नभई पर्यटकलाई पनि आकर्षित गर्ने उद्देश्यले कलात्मक डिजाइनको पुल निर्माण थालिएको आयोजना कार्यालयले जनाएको छ । 

पुलको हालसम्म ७२ प्रतिशत भौतिक प्रगति भएको मुग्लिन–पोखरा सडक (पूर्वी खण्ड) आयोजना कार्यालयले जनाएको छ ।  

व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमा निर्माणाधीन पुल चार लेनको हुने आयोजनाका इञ्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए ।

‘सम्झौताअनुसार काम नसकिएपछि ११ महिना म्याद थप गरिएको छ’, उनले भने, ‘पछिल्लोपटक थप गरिएको म्यादभित्र पुल सम्पन्न गर्ने योजनासहित कामलाई तीव्रता दिइएको हो ।’

गत साउन २६ गते म्याद सकिएपछि आगामी असार १९ गतेसम्मलाई समय थपिएको उनले बताए । उनले भने, ‘जेठ, असार, साउन र भदौ गरी चार महिना वर्षायाम भएकाले निर्माण रोकिएकामा दसैँ लगत्तैदेखि पुनः निर्माणले गति लिइरहेको छ ।’

उक्त पुलमा छ वटा स्पान हुनेछ । तीन सय १५ मिटर लामो पुल तीन वर्षभित्र सम्पन्न गर्नेगरी निर्माण कम्पनीले विसं २०७९ साउन २६ गते एक अर्ब २१ करोड रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो । 

हाल नदीमाथि रहेको दुई लेनको पुल ३७० मिटर लम्बाइको छ । सोही पुलभन्दा करिब ५० मिटरको दूरीमा नयाँ पुल निर्माण भइरहेको इञ्जिनियर पाण्डेले बताए । मुग्लिन–पोखरा सडक आयोजनाको पूर्वी खण्डअन्तर्गत आँबुखैरेनीबाट जामुनेसम्म १३ वटा पुल निर्माण सम्पन्न भइसकेका छन् । आँबुखैरेनी–जामुनेसम्मको ४१ दशमलव ४५ किलोमिटर कालोपत्र सकिएको छ । 

पूर्वी खण्डमा विसं २०७७ माघ १७ गते सम्झौता भई विसं २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ । रासस
 

प्रकाशित मिति : २८ कार्तिक २०८२, शुक्रबार  २ : ५६ बजे

पहिरोले चिमखोला-घ्याँसीखर्क सडक अवरुद्ध

म्याग्दी– म्याग्दीको रघुगङ्गा गाउँपालिकाको चिमखोला-घ्याँसीखर्क सडक अवरुद्ध हुँदा जनजीवन प्रभावित

भोटेकोशी बाढी : जुम्लामा डिएनए परीक्षणका लागि नमुना सङ्कलन

जुम्ला– रसुवाको भोटेकोशी बाढीमा परी बेपत्ता भएका जुम्लाका नागरिकको पहिचानका

भोटेकोसी बाढी : खोजी, उद्धार र राहत वितरणमा तीव्रता दिन रास्वपाको माग

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठकले भोटेकोशी बाढी र

अमरेशको चेतावनी : वर्तमान संविधान असफल भए १० वर्षसम्म नयाँ संविधान बन्दैन

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेश कुमार

आगजनीपछि भाटभटेनीको टंगाल स्टोर भोलिदेखि पुनः सञ्चालनमा (तस्बिरहरू)

काठमाडौं–  जेन-जी आन्दोलनका क्रममा आगजनीबाट क्षतिग्रस्त भएको भाटभटेनी सुपर मार्केटको टंगाल