प्रतिनिधिसभा निर्वाचनका लागि ५ अर्ब बजेट स्वीकृत « Khabarhub

प्रतिनिधिसभा निर्वाचनका लागि ५ अर्ब बजेट स्वीकृत


२८ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि ५ अर्ब रुपैयाँ बजेट स्वीकृत गरेको छ । 

अर्थ मन्त्रालयले पहिलो चरणमा ४ अर्ब ९६ करोड रुपैयाँ स्वीकृत गरेको अर्थ मन्त्रालयका प्रवक्ता टकंप्रसाद पाण्डेयले बताएका छन् । 

‘निर्वाचन आयोगले करिब ७ अर्ब ५० करोड माग गरेकोमा अहिलेको खर्च फुकाउन ४ अर्ब ९६ करोड स्वीकृत गरेका छौँ, आवश्यकता अनुसार बजेट माग भएमा थप गर्नेछौँ,’ उनले बताए । 

उनका अनुसार निर्वाचन व्यवस्थापनका लागि आवश्यक स्रोतको सुनिश्चितता गरिएको हो । २०७९ सालमा भएको निर्वाचनमा कोभिडले गर्दा ९४ प्रकारका सामाग्री खरिद गरिएको थियो । 

आयोगले यति बेला निर्वाचनका लागि आवश्यक पर्ने सामग्रीको सूची घटाएर ७९ मा झारेको छ । जसमध्ये १४ प्रकारका सामग्री मात्र खुला प्रतिस्पर्धाबाट खरिद गरिनेछ । 

मतपेटिका र मतपत्र छपाइका लागि चाहिने कागज लगायतका बाँकी ६५ प्रकारका सामाग्री आयोगसँगै स्टकमा रहेको र केही स्थानीय तहबाटै खरिद गर्ने तयारी छ ।

प्रकाशित मिति : २८ कार्तिक २०८२, शुक्रबार  ३ : ५६ बजे

समानुपातिक बन्दसूचीबारे आइरहेका प्रतिक्रियाप्रति रास्वपाको ध्यानाकर्षण

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक बन्दसूचीबारे सरोकारवाला पक्षबाट प्राप्त प्रतिक्रिया

काठमाडौं महानगरले ‘हेरचाह’ सेवालाई नमूना कार्यक्रमका रूपमा सुरु गर्ने

काठमाडौं– काठमाडौँ महानगरपालिकाले ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती महिला

गाजामा सहायता समूहलाई रोक्नु ‘अपमानजनक’ कार्य

एजेन्सी– गाजामा दर्जनौं सहायता समूहहरूलाई जनवरीदेखि सञ्चालन गर्नबाट रोक्ने इजरायलको

मनाङबाहेक गण्डकी प्रदेशका सबै जिल्लामा प्रसूति शल्यक्रिया सेवा

गण्डकी– मनाङबाहेक गण्डकी प्रदेशका सबै जिल्लामा प्रसूति शल्यक्रिया सेवा विस्तार