प्रतिनिधिसभा निर्वाचनका लागि ५ अर्ब बजेट स्वीकृत « Khabarhub

प्रतिनिधिसभा निर्वाचनका लागि ५ अर्ब बजेट स्वीकृत


२८ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि ५ अर्ब रुपैयाँ बजेट स्वीकृत गरेको छ । 

अर्थ मन्त्रालयले पहिलो चरणमा ४ अर्ब ९६ करोड रुपैयाँ स्वीकृत गरेको अर्थ मन्त्रालयका प्रवक्ता टकंप्रसाद पाण्डेयले बताएका छन् । 

‘निर्वाचन आयोगले करिब ७ अर्ब ५० करोड माग गरेकोमा अहिलेको खर्च फुकाउन ४ अर्ब ९६ करोड स्वीकृत गरेका छौँ, आवश्यकता अनुसार बजेट माग भएमा थप गर्नेछौँ,’ उनले बताए । 

उनका अनुसार निर्वाचन व्यवस्थापनका लागि आवश्यक स्रोतको सुनिश्चितता गरिएको हो । २०७९ सालमा भएको निर्वाचनमा कोभिडले गर्दा ९४ प्रकारका सामाग्री खरिद गरिएको थियो । 

आयोगले यति बेला निर्वाचनका लागि आवश्यक पर्ने सामग्रीको सूची घटाएर ७९ मा झारेको छ । जसमध्ये १४ प्रकारका सामग्री मात्र खुला प्रतिस्पर्धाबाट खरिद गरिनेछ । 

मतपेटिका र मतपत्र छपाइका लागि चाहिने कागज लगायतका बाँकी ६५ प्रकारका सामाग्री आयोगसँगै स्टकमा रहेको र केही स्थानीय तहबाटै खरिद गर्ने तयारी छ ।

प्रकाशित मिति : २८ कार्तिक २०८२, शुक्रबार  ३ : ५६ बजे

औषधि मूल्यवृद्धि प्रकरण : विभागका महानिर्देशक ढकाल छानविनको दायरामा 

काठमाडौं– कानुन विपरीत औषधिको मूल्यवृद्धिसम्बन्धी प्रकरणमा औषधि व्यवस्था विभागका महानिर्देशक

सुर्खेतमा आजदेखि ‘नबिल निःशुल्क जलन उपचार शिविर’

काठमाडौं– प्रदेश अस्पताल सुर्खेत र नबिल बैंकको संयुक्त आयोजना तथा

आजको कार्टुन : विदेश पुगे पनि सुख छैन देउवालाई

काठमाडौं- गत भदौ २३ र २४ गते जेन-जी आन्दोलन हुँदा

श्रम स्वीकृति’सम्बन्धी भ्रामक सूचना हटाउन वैदेशिक रोजगार विभागको निर्देशन

काठमाडौं– वैदेशिक रोजगार विभागले विभाग आसपास रहेका साइबर सेन्टर र

बिस्केट जात्रा सुरु हुँदै

काठमाडौं– आठ रात नौ दिनसम्म भव्यरुपमा मनाइने भक्तपुरको ऐतिहासिक एवं