खगेन्द्रलाई रोमान्टिक देखाएर फिल्म ‘हर्ष’को गीत ‘कुटु कुटु’ सार्वजनिक « Khabarhub

खगेन्द्रलाई रोमान्टिक देखाएर फिल्म ‘हर्ष’को गीत ‘कुटु कुटु’ सार्वजनिक


२८ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायक खगेन्द्र लामिछाने र नायिक वर्षा सिवाकोटी शीर्ष भूमिकामा रहेको फिल्म ‘हर्ष’को ‘कुटु कुटु कस्तो लाग्यो माया बरिलै’ बोलको गीत सार्वजनिक भएको छ ।

निर्माण पक्षले फिल्मको प्रचार सामाग्रीका रुपमा शुक्रबार फिल्मको गीत युट्युबमार्फत् सार्वजनिक गरेको हो ।

गीतको भिडियोमा खगेन्द्र र वर्षालाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ । खगेन्द्र पहिलो पटक रोमान्टिक अवतारमा प्रस्तुत भएका हुन् ।

यस गीतमा गायक सनिश श्रेष्ठ र अप्सरा घिमिरेको स्वर रहेको छ । सनिस ‘द भ्वाइ अफ नेपाल सिजन २’बाट चर्चामा आएका गायक हुन् । गीतको शब्द नीरकलम खड्काको हो ।

हर्ष फिल्म मंसिर १२ बाट प्रदर्शनमा आउँदैछ । यही फिल्मबाट एकता पौडेलले निर्देशनमा डेब्यू गरेकी हुन् । फिल्मको लेखक उनी आफैँ हुन् ।

अष्टलक्ष्मी प्रोडक्सन्स् र ई-प्राइम मुभिजको ब्यानरमा निर्माण भएको यस फिल्मको निर्माताहरु प्रशन्न पौडेल र विकास पौडेल हुन् ।

भिडियोको लिंक :

प्रकाशित मिति : २८ कार्तिक २०८२, शुक्रबार  ५ : ०८ बजे

आज २०८३ साल असोज २५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज २५ गते आइतबार सन् २०२६

बंगलादेशका युवा खेलाडी अरिफुल इस्लाम कर्णाली याक्समा अनुबन्धित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणका लागि कर्णाली

दाङका १६१ खाद्य व्यवसायमा अनुगमन

दाङ – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, तुलसीपुर

चितवनमा ३ हजार ३६२ मतदाताको नाम मतदाता नामावलीबाट हटाइयो

नारायणगढ – जिल्ला निर्वाचन कार्यालय, चितवनले मतदाता नामावली अद्यावधिक गर्ने

भारतमा विरोध प्रदर्शनमा थुनिएका व्यक्तिहरूलाई रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

काठमाडौं – संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले