सिद्धार्थ बिजनेस ग्रुप सुदूरपश्चिम रोयल्सको ‘हस्पिटालिटी’ पार्टनर « Khabarhub

सिद्धार्थ बिजनेस ग्रुप सुदूरपश्चिम रोयल्सको ‘हस्पिटालिटी’ पार्टनर


२८ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सको  ‘हस्पिटालिटी’ पार्टनर बनेको छ ।

सुदूरपश्चिम रोयल्स र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीबीच शुक्रबार काठमाडौँमा सम्झौता भएको हो । सम्झौतापत्रमा सुदूरपश्चिम रोयल्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाश खड्का र सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीका निर्देशक दुर्गा पन्तले हस्ताक्षर गरे ।

सम्झौतापछि बोल्दै सुदूरपश्चिम रोयल्सका सीईओ प्रकाश खड्काले हस्पिटालिटी क्षेत्रमा प्रतिष्ठित कम्पनीसँगको साझेदारीले टोलीलाई थप हौसला प्रदान गर्ने बताए ।

‘सिद्धार्थजस्तो हस्पिटालिटी  क्षेत्रमा राम्रो सेवा दिँदै आइरहेको कम्पनीसँग जोडिएकोमा हामी खुसी छौँ,’ खड्काले भने, ‘यो सम्झौताले टोलीमा थप ऊर्जा र हौसला बढाएको छ।’

सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीका निर्देशक दुर्गा पन्तले यो साझेदारीलाई हस्पिटालिटी  क्षेत्रमा सुखद पक्षको रूपमा लिएको बताए । उनले भने, ‘सिद्धार्थ बिजनेस ग्रुप अफ हस्पिटालिटी सुदूरपश्चिम रोयल्सको  ‘हस्पिटालिटी’ पार्टनर बन्न पाउँदा हामीलाई खुसी लागेको छ । यो साझेदारीले हस्पिटालिटी क्षेत्रमा थप अघि बड्ने अवसर मिल्नेछ।’

सुदूरपश्चिम रोयल्सको टोलीः
दिपेन्द्र सिंह ऐरी, आरिफ शेख, बिनोद भण्डारी, अविनाश बोहरा, दिपक बोहरा, मिलन बोहरा, हेमन्त धामी, इशान पाण्डे, टेक रावत, नरेन साउद, दिपेन्द्र थापा, स्कट कुग्गेलिजन, क्रिस लिन, हर्मीत सिंह र जोस ब्राउन।
मुख्य प्रशिक्षकः जगत टम

प्रकाशित मिति : २८ कार्तिक २०८२, शुक्रबार  ५ : ०३ बजे

ज्वाइँको खुकुरी प्रहारबाट ससुरा गम्भीर घाइते

संखुवासभा– जिल्लाको पाँचखपन नगरपालिका–८ आहालेमा धारिलो हतियार प्रहार हुँदा एक

शरीर बन्धक तथा ठगी गर्ने सातजना पक्राउ

काठमाडौं- नेपाल प्रहरीले शरीर बन्धक तथा ठगी गर्ने गिरोहलाई पक्राउ

१० न्यायाधीहरुको सरुवा र २० को पदस्थापना (सूचीसहित)

काठमाडौँ – न्याय परिषद्ले जिल्ला न्यायाधीशहरुको सरुवा निकालेको छ ।

जनगणनाका लागि ४४ सय कर्मचारी माग हुँदा १३ हजारले दिए दरखास्त

काठमाडौँ– राष्ट्रिय तथ्यांक कार्यालयले, राष्ट्रिय आर्थिक गणनाका लागि करारमा कर्मचारी

बदलिएको कांग्रेसले सत्ताका लागि जोसँग पनि गठबन्धन गर्दैन : सभापति थापा

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले कांग्रेस बदलिएको जनाउँदै अब