ज्वाइँको खुकुरी प्रहारबाट ससुरा गम्भीर घाइते « Khabarhub

ज्वाइँको खुकुरी प्रहारबाट ससुरा गम्भीर घाइते


२१ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

संखुवासभा– जिल्लाको पाँचखपन नगरपालिका–८ आहालेमा धारिलो हतियार प्रहार हुँदा एक वृद्ध घाइते भएका छन्। पाँचखपन -८ मा ७६ बर्षीय ससुरामाथि ज्वाइँले खुकुरी प्रहार गरेका छन् । बुधबार दिउँसो ४ बजे ज्वाइँको खुकुरी प्रहारबाट ७६ वर्षीय निङ्‌मा शेर्पा गम्भीर घाइते भएका हुन् ।

चैनपुर नगरपालिका–२ पोखरीका ४५ वर्षीय लाक्पा ओङ्दी शेर्पाले धारिलो हतियार प्रहार गर्दा निङ्‌मा गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय प्रहरी नायव उपरीक्षक कुमारप्रसाद मैनालीले जानकारी दिए ।

घरमा बसिरहेको अवस्थामा आक्रमण भएको प्रहरी अनुसन्धानमा खुलेको छ । घटनालगत्तै अस्थायी प्रहरी पोस्ट भर्तिवाल डाँडा र इलाका प्रहरी कार्यालय वानाबाट प्रहरी निरीक्षक सुन्दरकुमार यादवको कमाण्डमा ५ जनाको प्रहरी टोली पुगेको थियो । खुकुरी प्रहारलगत्तै फरार भएका ओङ्दिलाई गाउँमै लुकेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते निङ्‌मालाई उपचारका लागि आधारभूत अस्पताल वाना ल्याइएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उनको गाला र नाकमा चोट लागेको छ ।

प्रकाशित मिति : २१ माघ २०८२, बुधबार  ९ : ५४ बजे

रविले संसद्‍बाट भने : बाढीपीडितलाई गाली, साइबर बुलिङ र अपमान गर्ने अन्धसमर्थक रास्वपालाई चाहिँदैन

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद् बैठकमा सम्बोधन

सरकार सुशासनको स्पिडमा दैडिन खोज्छ के नमिलेर हो, अदालतले झ्याप्-झ्याप् ब्रेक लगाइदिन्छ : रमेश प्रसाईं

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद रमेश प्रसाईंले जेन-जी आन्दोलनका सहिदप्रति श्रद्धाञ्जली

संसद्मा पुगेका प्रधानमन्त्रीलाई प्रश्न : गाह्रो भइसक्यो, ग्यास कहिले पाइन्छ ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद् बैठकमा सम्बोधन गर्दा

रविले सम्बोधन गर्दा संसद्मा देखिए प्रधानमन्त्री वालेन्द्र

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद् बैठकमा सम्बोधन

भारतमा १३१ करोड कमाएको ‘हनुमान अंश’ अब नेपाली हलमा

काठमाडौं– बलिउडमा ठूलो बजेट, चर्चित स्टारकास्ट र आक्रामक प्रचारबिना फिल्म