संसद् पुनर्स्थापना नै संवैधानिक समाधान : सभामुख घिमिरे « Khabarhub

संसद् पुनर्स्थापना नै संवैधानिक समाधान : सभामुख घिमिरे


२८ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

सुरुङ्गा– सभामुख देवराज घिमिरेले संसद् विघटनलाई गैर संवैधानिक, गैर कानुनी र अप्रजातान्त्रिक कदमका रूपमा व्याख्या गर्दै यसको तत्काल पुनर्स्थापना आवश्यक रहेको बताएका छन् ।

झापाको बिर्तामोडस्थित आफ्नो निजी निवासमा शुक्रबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सभामुख घिमिरेले मुलुकको वर्तमान राजनीतिक अस्थिरताको समाधान संसद् पुनर्स्थापना नै एक मात्र वैधानिक विकल्प भएको धारणा राखे ।

‘संविधानको दायराभन्दा बाहिर गएर गरिएको संसद् विघटनले मुलुकलाई अनिश्चिततातर्फ धकेलेको छ,’उनले भने । अहिलेको पहिलो आवश्यकता संसद् पुनर्स्थापना भएको र त्यही नै वैधानिक बाटो भएको उनको भनाइ थियो । 

सभामुख घिमिरेले संसद् पुनः स्थापनासम्बन्धी मुद्दामा सर्वोच्च अदालतले चाँडो सुनुवाइ गर्दै कानुनी, व्यावहारिक तथा राष्ट्रिय आवश्यकताका आधारमा सकारात्मक फैसला गर्ने अपेक्षा व्यक्त गरे । 

प्रकाशित मिति : २८ कार्तिक २०८२, शुक्रबार  ५ : १८ बजे

ट्रम्पको धम्कीबीच अहवाज पुलमा इरानीहरूले फहराए राष्ट्रिय झण्डा

तेहरान – इरानको अर्ध–सरकारी तस्निम समाचार एजेन्सीले दक्षिण–पश्चिमी शहर अहवाजको

इन्धन मूल्य वृद्धिबीच श्रीलङ्काद्वारा माछा मार्ने डुङ्गाका लागि अनुदान स्वीकृत

काठमाडौं – विश्वव्यापी रूपमा इन्धनको मूल्य वृद्धि भइरहेका बेला त्यसको

ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

काठमाडौं – ललितपुरको थसीखेलमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको

सम्भावित नयाँ रोगको सामना गर्न एकीकृत रूपमा अगाडि बढिरहेका छौँ : स्वास्थ्यमन्त्री मेहता

काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री निशा मेहताले सम्भावित नयाँ रोगहरूको

तनहुँ एक वर्षीय छोरासहित आमा मृत फेला

तनहुँ – जिल्लाको भानु नगरपालिका–६ पण्डिथरमा आज एक वर्षीय छोरासहित