राष्ट्रपति रनिङ शिल्ड तथा विश्वविद्यालय खेलकुद प्रतियोगिताका लागि निजी क्षेत्रसँग सहकार्य « Khabarhub

राष्ट्रपति रनिङ शिल्ड तथा विश्वविद्यालय खेलकुद प्रतियोगिताका लागि निजी क्षेत्रसँग सहकार्य


२८ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– केन्द्रीय राष्ट्रपति रनिङ शिल्ड तथा विश्वविद्यालय खेलकुद प्रतियोगिता आयोजनाका लागि पाँच वर्षसम्म निजी क्षेत्रले सहकार्य गर्ने भएको छ । 

आर्थिक वर्ष २०८२/०८३ मा प्रतियोगिताहरू सञ्चालन गर्न राष्ट्रिय खेलकुद परिषद् र नेपालय ईन्टरनेशनल ईभेन्ट म्यानेजमेन्ट प्रालिबीच आज सम्झौता भएको हो । परिषद्का सदस्य सचिव टंकलाल घिसिङ र नेपालयका अध्यक्ष शुवाष प्रधानले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

नेपाल सरकारबाट विनियोजन भएको रकमका साथै प्रायोजक खोजी गरि प्रतियोगिताहरूलाई थप प्रभावकारी रूपमा आयोजना गर्ने उद्देश्यले सम्झौता गरिएको हो ।

प्रतियोगिताका लागि नेपाल सरकारले विनियोजन गरेको रकममा निजी क्षेत्रले राष्ट्रपति रनिङ शिल्डका लागि कम्तीमा २० लाख र विश्वविद्यालय खेलकुदका लागि कम्तीमा १० लाख रुपैयाँ नेपालयका तर्फबाट प्रायोजन गरिने सम्झौतामा उल्लेख गरिएको छ । यस्तै प्रत्येक वर्ष १० प्रतिशतका दरले प्रायोजन वृद्धि हुने उल्लेख गरिएको छ । 

नेपालयले प्रायोजकहरू खोजी गरी संकलन भएको रकम पारदर्शी रूपमा परिषद्लाई विवरण उपलब्ध गराउनेदेखि खर्च भई खुद नाफा भएमा सो को १० प्रतिशत रकम परिषद्को आम्दानी खातामा जम्मा गर्नु पर्ने छ ।
 

प्रकाशित मिति : २८ कार्तिक २०८२, शुक्रबार  ५ : २० बजे

समानुपातिक बन्दसूचीबारे आइरहेका प्रतिक्रियाप्रति रास्वपाको ध्यानाकर्षण

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक बन्दसूचीबारे सरोकारवाला पक्षबाट प्राप्त प्रतिक्रिया

काठमाडौं महानगरले ‘हेरचाह’ सेवालाई नमूना कार्यक्रमका रूपमा सुरु गर्ने

काठमाडौं– काठमाडौँ महानगरपालिकाले ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती महिला

गाजामा सहायता समूहलाई रोक्नु ‘अपमानजनक’ कार्य

एजेन्सी– गाजामा दर्जनौं सहायता समूहहरूलाई जनवरीदेखि सञ्चालन गर्नबाट रोक्ने इजरायलको

मनाङबाहेक गण्डकी प्रदेशका सबै जिल्लामा प्रसूति शल्यक्रिया सेवा

गण्डकी– मनाङबाहेक गण्डकी प्रदेशका सबै जिल्लामा प्रसूति शल्यक्रिया सेवा विस्तार