महिला कबड्डी विश्वकप खेल्ने नेपाली टोलीलाई एनओसीको बिदाइ « Khabarhub

महिला कबड्डी विश्वकप खेल्ने नेपाली टोलीलाई एनओसीको बिदाइ


२८ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल ओलम्पिक कमिटी (एनओसी) ले शुक्रबार दोस्रो महिला कबड्डी विश्वकप खेल्ने नेपाली टोलीको बिदाइ गरेको छ ।

एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठ र महासचिव राजीव श्रेष्ठले नेपाली महिला कबड्डी टोलीलाई शुभकामनासहित बिदाइ गरेका हुन् । सो अवसरमा अध्यक्ष श्रेष्ठले खेलाडीलाई प्रतियोगितामा शतप्रतिशत दिएर पूर्ण समर्पणका साथ देशका गौरवका लागि खेल्न सल्लाह दिए ।

महिला कबड्डी विश्वकप बङगलादेशको मिरपुरमा हुँदैछ । यसअघि सो प्रतियोगिता भारतमा हुने भनिएको थियो । महिला कबड्डी विश्वकप १३ वर्षपछि हुन लागेको हो । सन् २०१२ मा भारतको पटनामा पहिलो पटक महिला कबड्डी विश्वकपको आयोजना भएको थियो । भारत महिला कबड्डीको पहिलो च्याम्पियन बनेको थियो । सो प्रतियोगितामा इरान दोस्रो तथा जापान तेस्रो भएका थिए ।

नोभेम्बर १५ देखि २५ सम्म हुने प्रतियोगितामा आयोजक बङगलादेश, गत विजेता भारत र नेपालसहित इरान, जापान, जर्मनी, केन्या, चाइनिज ताइपेई, थाइल्यान्ड, युगान्डा, अर्जेन्टिना र इन्डोसियाले इन्डोनेसिया प्रतिस्पर्धा गर्ने बताइएको छ । नेपाल समूह ए मा रहेको छ । नेपालले पहिलो खेल नोभेम्बर १७ मा खेल्नेछ ।

नेपाली कबड्डी टिमका पदाधिकारीले विश्व वरीयतामा तेस्रो स्थानमा रहेको नेपालले उत्कृष्ट प्रदर्शनसहित विश्वकप पदक हासिल गर्ने घर फर्कने विश्वास व्यक्त गरेका छन् । मानमती विष्टको कप्तानीमा रहेको टिममा जयन्ती बडु न उपकप्तान छिन् । 

अन्य खेलाडीमा गंगा घिमिरे, रविना चौधरी, मेनुका राजवशीं, मनिषा जोशी, सृजना धानुक, आशिका कुँवर, सन्जु थामी, मिना नेपाली, बिनिता क्षेत्री, आस्मा यादव, सृजना थारु र उरुसा शाक्य रहेका छन् । टिमको प्रशिक्षकमा विष्णु दत्त भट्ट, प्रशिक्षकमा हरिना थापा र व्यवस्थापकमा शरद दर्शनधारी र टेक्निकल अफिसरमा रमेशचन्द्र ओझा छन् ।

प्रकाशित मिति : २८ कार्तिक २०८२, शुक्रबार  ५ : ३९ बजे

ज्वाइँको खुकुरी प्रहारबाट ससुरा गम्भीर घाइते

संखुवासभा– जिल्लाको पाँचखपन नगरपालिका–८ आहालेमा धारिलो हतियार प्रहार हुँदा एक

शरीर बन्धक तथा ठगी गर्ने सातजना पक्राउ

काठमाडौं- नेपाल प्रहरीले शरीर बन्धक तथा ठगी गर्ने गिरोहलाई पक्राउ

१० न्यायाधीहरुको सरुवा र २० को पदस्थापना (सूचीसहित)

काठमाडौँ – न्याय परिषद्ले जिल्ला न्यायाधीशहरुको सरुवा निकालेको छ ।

जनगणनाका लागि ४४ सय कर्मचारी माग हुँदा १३ हजारले दिए दरखास्त

काठमाडौँ– राष्ट्रिय तथ्यांक कार्यालयले, राष्ट्रिय आर्थिक गणनाका लागि करारमा कर्मचारी

बदलिएको कांग्रेसले सत्ताका लागि जोसँग पनि गठबन्धन गर्दैन : सभापति थापा

काठमाडौँ- नेपाली कांग्रेसका सभापति गगन थापाले कांग्रेस बदलिएको जनाउँदै अब