सन्तोष, दुर्गा र सुदनले बोलाए जेन-जीलाई, मिलेर अघि बढ्न प्रस्ताव « Khabarhub

सन्तोष, दुर्गा र सुदनले बोलाए जेन-जीलाई, मिलेर अघि बढ्न प्रस्ताव


२८ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शुक्रबार मात्रै राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरेका सन्तोष परियार, प्रगतिशील राष्ट्रिय अभियानका संयोजक सुदन किराती र नेपाल समाजवादी पार्टी नयाँ शक्तिकी संयोजक दुर्गा सोवबीच पाँच बुँदे सहमतिमा हस्ताक्षर भएको छ। उनीहरूबीच राजनीतिक सहकार्यको पहिलो खुट्किलोस्वरुप सहमति भएको हो ।

ललितपुरमा दिनभर भएको वार्तापछि पाँच बुँदे सहमतिमा एकता तथा ध्रुवीकरणका लागि नयाँ बन्ने एकीकृत पार्टीको नाम र चुनाव चिह्न एउटै हुने भनिएको छ ।

तीनजनाबीच भएको सहमतिको पाँच नम्बर बुँदामा भ्रष्ट, अनैतिक र अहङ्कारी प्रवृत्तिहरूलाई निर्वाचनबाटै परास्त गर्न सम्पूर्ण नयाँ तथा वैकल्पिक शक्तिहरू र नवयुग युवाहरू (जेन-जी) लाई हातेमालो गर्न अपिल गरिएको छ ।

नवयुवाका रुपमा उनीहरूले जेन-जी उमेर समूहलाई पनि आफूहरूसँग हातेमालो गरेर अगाडि बढ्न अपील गरेका हुन् । प्रगतिशील राष्ट्रिय अभियानका संयोजक सुदन किरातीले जेन-जीलाई पनि समेटेर नयाँ राजनीतिक यात्रा अघि बढाउने बताएका छन् ।

किरातीका अनुसार यो अभियान र पार्टीमा थुप्रै जेन-जी समेटिन सक्ने छन् । यस्तै देश तथा विदेशमा बस्ने प्रगतिशील, लोकतान्त्रिक,वामपन्थी र देशभक्त शक्ति तथा जेन-जी पुस्तालाई बृहत् राजनीतिक पुनरसंरचनाको अभियानमा सहभागी हुन पनि उनीहरूले भनेका छन् ।

प्रकाशित मिति : २८ कार्तिक २०८२, शुक्रबार  ५ : ४० बजे

उज्यालोका नेता भन्छन : सुदनजीले कुलमान दाइलाई फिल्मी शैलीमा उठाएर लगे

काठमाडौं- बौद्धस्थित एक होटलमा समानुपातिकको बन्दसूचीमा रहने ११० जनाको नाम

कुलमान पक्ष भन्छ : वार्ता भइरहेको छ, तर मिल्ने सम्भावना कमजोर

काठमाडौं- उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ, राष्ट्रिय स्वतन्त्र पार्टीका

सीमान्तकृत समुदायका लागि नीतिगत सुधारबारे बहस

काठमाडौं– सीमान्तकृत तथा सामाजिक रूपमा बहिष्कृत समुदायको सशक्तीकरणका लागि आवश्यक

प्रधानमन्त्री कार्कीसँग राष्ट्रियसभा अध्यक्ष दाहालको भेट

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीसँग आज राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले शिष्टाचार

डा.अरुणको उम्मेदवारी खारेजीविरुद्धको रिटमा अन्तरिम आदेश

काठमाडौं– आसन्न नेपाल चिकित्सक संघको केन्द्रीय कार्यकारिणी समितिको उपाध्यक्ष तथा