सन्तोष, दुर्गा र सुदनले बोलाए जेन-जीलाई, मिलेर अघि बढ्न प्रस्ताव « Khabarhub

सन्तोष, दुर्गा र सुदनले बोलाए जेन-जीलाई, मिलेर अघि बढ्न प्रस्ताव


२८ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शुक्रबार मात्रै राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरेका सन्तोष परियार, प्रगतिशील राष्ट्रिय अभियानका संयोजक सुदन किराती र नेपाल समाजवादी पार्टी नयाँ शक्तिकी संयोजक दुर्गा सोवबीच पाँच बुँदे सहमतिमा हस्ताक्षर भएको छ। उनीहरूबीच राजनीतिक सहकार्यको पहिलो खुट्किलोस्वरुप सहमति भएको हो ।

ललितपुरमा दिनभर भएको वार्तापछि पाँच बुँदे सहमतिमा एकता तथा ध्रुवीकरणका लागि नयाँ बन्ने एकीकृत पार्टीको नाम र चुनाव चिह्न एउटै हुने भनिएको छ ।

तीनजनाबीच भएको सहमतिको पाँच नम्बर बुँदामा भ्रष्ट, अनैतिक र अहङ्कारी प्रवृत्तिहरूलाई निर्वाचनबाटै परास्त गर्न सम्पूर्ण नयाँ तथा वैकल्पिक शक्तिहरू र नवयुग युवाहरू (जेन-जी) लाई हातेमालो गर्न अपिल गरिएको छ ।

नवयुवाका रुपमा उनीहरूले जेन-जी उमेर समूहलाई पनि आफूहरूसँग हातेमालो गरेर अगाडि बढ्न अपील गरेका हुन् । प्रगतिशील राष्ट्रिय अभियानका संयोजक सुदन किरातीले जेन-जीलाई पनि समेटेर नयाँ राजनीतिक यात्रा अघि बढाउने बताएका छन् ।

किरातीका अनुसार यो अभियान र पार्टीमा थुप्रै जेन-जी समेटिन सक्ने छन् । यस्तै देश तथा विदेशमा बस्ने प्रगतिशील, लोकतान्त्रिक,वामपन्थी र देशभक्त शक्ति तथा जेन-जी पुस्तालाई बृहत् राजनीतिक पुनरसंरचनाको अभियानमा सहभागी हुन पनि उनीहरूले भनेका छन् ।

प्रकाशित मिति : २८ कार्तिक २०८२, शुक्रबार  ५ : ४० बजे

लागूऔषधसहित १३ जना पक्राउ

काठमाडौँ– देशका विभिन्न भागमा प्रहरीले गरेको नियमित गस्तीका क्रममा लागूऔषधसहित

बेनीका किसानलाई माछाका भुरा वितरण

म्याग्दी– म्याग्दीको बेनी नगरपालिकाले ३५ जना किसानलाई १२ हजार वटा

च्याम्पियन्स लिग : लिभरकुजेनले रोक्यो आर्सनललाई बराबरीमा

काठमाडौं– युइएफए च्याम्पियन्स लिग अन्तिम १६ को पहिलो लेगमा आर्सनल

म्याग्दी र बागलुङ जोड्ने झोलुङ्गे पुलले यात्रा सहज

म्याग्दी– वारि भाइरल रत्नेचौर गाउँ । पारिपट्टि धामिर्क तथा कृषि

मर्स्याङ्दी जलविद्युतको मर्मतसम्भारपछि विद्युत् उत्पादन पुनः सुरु

तनहुँ– आँबुखैरेनी गाउँपालिका– ४ स्थित ६९ मेगावाट क्षमताको मर्स्याङ्दी जलविद्युत्