थाइल्यान्डमा हुने ‘साफ फुटसल च्याम्पियनसिप २०२६’ का लागि खेलाडी छनोटको तयारीमा एन्फा  « Khabarhub

थाइल्यान्डमा हुने ‘साफ फुटसल च्याम्पियनसिप २०२६’ का लागि खेलाडी छनोटको तयारीमा एन्फा 


२८ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) ले ‘साफ फुटसल च्याम्पियनसिप २०२६’ का लागि टिम गठन गर्न खेलाडी छनोट प्रक्रिया सुरु गरेको छ । 

आगामी वर्ष थाइल्यान्डमा हुने खेलका लागि राष्ट्रिय पुरुष तथा महिला खेलाडी छनोट प्रक्रिया सुरु गरेको हो । 

राष्ट्रिय टिम प्रशिक्षण र तयारीका लागि सक्षम खेलाडी छनोट गर्न एन्फाले शुक्रबार खुला आवेदन आह्वान गरेको छ । उक्त खेल जनवरी १३ देखि २६ सम्म हुने एन्फाले सार्वजनिक गरेको सूचनामा उल्लेख छ । 

इच्छुक पुरुष र महिला खेलाडीलाई तोकिएको फारम भरी आवश्यक कागजातसहित आवेदन दिन आग्रह गरिएको छ । 

एन्फाको वेबसाइटबाट उपलब्ध फारम भरी पासपोर्ट साइजका २ वटा फोटो राखी इमेलमार्फत वा एन्फा कम्प्लेक्समै उपस्थित भई आवेदन दिन सकिनेछ ।

छनोट कार्यक्रम २०८२ मंसिर ७ देखि १२ गतेसम्म ललितपुरस्थित सातदोबाटो एन्फा कम्प्लेक्समा हुने एन्फाले जनाएको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०८२, शुक्रबार  ५ : ४० बजे

स्टारलिङ्कले सेवा सुधार्‍यो : युक्रेन

किभ- युक्रेनी सेनाका लागि महत्वपूर्ण मानिने स्पेसएक्सको स्याटेलाइट सञ्चार सञ्जाल

मापसे र लापसे गरी सवारी चलाउने एक हजार ३७ चालक कारबाहीमा

काठमाडौँ- बडादसैँ अवधिमा काठमाडौँ उपत्यकामा मादक पदार्थ तथा लागुपदार्थ सेवन

मुस्ताङमा बढ्दै पर्यटकीय चहलपहल

मुस्ताङ- दसैँदेखि हिमाली मुस्ताङमा पर्यटकीय चहलपहल बढ्दै जान थालेको छ

किम जोङ उन चीन भ्रमणमा

काठमाडौं- उत्तर कोरियाली नेता किम जोङ उन चीन भ्रमणमा पुगेका

यु-१९ एसिया कपका लागि बन्द प्रशिक्षणमा सहभागी खेलाडीको सूची सार्वजनिक, को को परे ?

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले आगामी पुरुष यु-१९ एसिया