थाइल्यान्डमा हुने ‘साफ फुटसल च्याम्पियनसिप २०२६’ का लागि खेलाडी छनोटको तयारीमा एन्फा  « Khabarhub

थाइल्यान्डमा हुने ‘साफ फुटसल च्याम्पियनसिप २०२६’ का लागि खेलाडी छनोटको तयारीमा एन्फा 


२८ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) ले ‘साफ फुटसल च्याम्पियनसिप २०२६’ का लागि टिम गठन गर्न खेलाडी छनोट प्रक्रिया सुरु गरेको छ । 

आगामी वर्ष थाइल्यान्डमा हुने खेलका लागि राष्ट्रिय पुरुष तथा महिला खेलाडी छनोट प्रक्रिया सुरु गरेको हो । 

राष्ट्रिय टिम प्रशिक्षण र तयारीका लागि सक्षम खेलाडी छनोट गर्न एन्फाले शुक्रबार खुला आवेदन आह्वान गरेको छ । उक्त खेल जनवरी १३ देखि २६ सम्म हुने एन्फाले सार्वजनिक गरेको सूचनामा उल्लेख छ । 

इच्छुक पुरुष र महिला खेलाडीलाई तोकिएको फारम भरी आवश्यक कागजातसहित आवेदन दिन आग्रह गरिएको छ । 

एन्फाको वेबसाइटबाट उपलब्ध फारम भरी पासपोर्ट साइजका २ वटा फोटो राखी इमेलमार्फत वा एन्फा कम्प्लेक्समै उपस्थित भई आवेदन दिन सकिनेछ ।

छनोट कार्यक्रम २०८२ मंसिर ७ देखि १२ गतेसम्म ललितपुरस्थित सातदोबाटो एन्फा कम्प्लेक्समा हुने एन्फाले जनाएको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०८२, शुक्रबार  ५ : ४० बजे

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु, एकजना घाइते

मोरङ– मोरङको लेटाङ नगरपालिका– ९ हात्तीचोकस्थित भित्री सडकखण्डमा मोटरसाइकल दुर्घटना

बाढीपहिरोका कारण विभिन्न राजमार्ग अवरुद्ध

काठमाडौँ– बाढीपहिरोका कारण देशका विभिन्न मुख्य राजमार्ग तथा सडकहरु अवरुद्ध

अर्थमन्त्री वाग्ले अमेरिका प्रस्थान

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अमेरिका प्रस्थान गरेका छन्। अर्थमन्त्री

रास्वपा केन्द्रीय समिति बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दैछ

नवलपरासीमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेस्थित एसमोडमा