जेन-जीले मागे दुई वर्षे कार्यकालको प्रत्यक्ष निर्वाचित कार्यकारी, जनप्रतिनिधिको उमेर २१ देखि ७० वर्ष बनाउन प्रस्ताव « Khabarhub

जेन-जीले मागे दुई वर्षे कार्यकालको प्रत्यक्ष निर्वाचित कार्यकारी, जनप्रतिनिधिको उमेर २१ देखि ७० वर्ष बनाउन प्रस्ताव


२८ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


297
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ‘जेन-जी मुभमेन्ट अलायन्स,’ ‘काउन्सिल अफ जेन-जी,’ सात प्रदेशका संयोजक र ‘जेन-जी फ्रन्ट’ले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष विभिन्न मागसहितको सम्झौता पत्र बुझाएका छन् ।

उनीहरूले ‘जेन-जीको नेतृत्वमा भएको जनआन्दोलनको प्रस्तावित सम्झौतापत्र’ कार्कीलाई शुक्रबार साँझ बुझाएका हुन् । ११ बुँदे सम्झौता पत्र बुझाएका उनीहरूले ५ नम्बर बुँदामा नेपालको संविधानमा गर्नुपर्ने सुधारबारे व्याख्या गरेका छन् ।

उनीहरूले बुझाएको सम्झौता पत्रमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रिय अध्यक्ष या गणतन्त्रात्मक शासन व्यवस्थाका लागि देशभर बृहत् नागरिक छलफल गर्न आग्रह गरिएको छ।

प्रस्तावनामा प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको सदस्यताको उमेर हदबन्दी २१ वर्षदेखि ७० वर्षभित्र सीमित गर्न पनि भनिएको छ ।

यस्तै राज्यको राष्ट्रिय प्रमुख तीनै तहको सरकारको कार्यकारी प्रमुख र मन्त्रीपरिषद्को पदावधि दुई वर्ष पूर्णकालसम्म सीमित गर्न पनि भनिएको छ ।

सम्झौता पत्रमा आगामी दिनमा गठन हुने नयाँ सरकार समेतले जे-नजी तथा ३५ वर्षका युवाको अर्थपूर्ण सहभागिता गर्नुपर्ने भनिएको छ ।

यसका लागि सल्लाहकार र समितिमा जेन-जी तथा युवाको प्रतिनिधित्व अनिवार्य सुनिश्चित गर्ने एवम् सल्लाहकार समिति लगायतका सम्पूर्ण युवा कार्य समितिका कार्यविधिहरू जे-नजी समूहद्वारा प्रदान गरिने उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २८ कार्तिक २०८२, शुक्रबार  ६ : ०२ बजे

समानुपातिक बन्दसूचीबारे आइरहेका प्रतिक्रियाप्रति रास्वपाको ध्यानाकर्षण

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक बन्दसूचीबारे सरोकारवाला पक्षबाट प्राप्त प्रतिक्रिया

काठमाडौं महानगरले ‘हेरचाह’ सेवालाई नमूना कार्यक्रमका रूपमा सुरु गर्ने

काठमाडौं– काठमाडौँ महानगरपालिकाले ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, गर्भवती महिला

गाजामा सहायता समूहलाई रोक्नु ‘अपमानजनक’ कार्य

एजेन्सी– गाजामा दर्जनौं सहायता समूहहरूलाई जनवरीदेखि सञ्चालन गर्नबाट रोक्ने इजरायलको

मनाङबाहेक गण्डकी प्रदेशका सबै जिल्लामा प्रसूति शल्यक्रिया सेवा

गण्डकी– मनाङबाहेक गण्डकी प्रदेशका सबै जिल्लामा प्रसूति शल्यक्रिया सेवा विस्तार