डोल्पो समाज गुम्वामा आयोजना गरिएको शान्ति पूजा सम्पन्न « Khabarhub

डोल्पो समाज गुम्वामा आयोजना गरिएको शान्ति पूजा सम्पन्न


२८ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वशान्ति र मानवकल्याणहेतु काठमाडौंको डोल्पो समाज गुम्वामा आयोजना गरिएको शान्ति पूजा सम्पन्न भएको छ ।
 
गत मंगलबारबाट सुरु भएर चार दिनसम्म चलेको शान्ति पूजा शुक्रबार सम्पन्न भएको हो । माथिल्लो डोल्पाका ६७ जना रिम्पोछो गुरु, सयभन्दा बढि लामा गुरुहरु र अन्य विदेशी बौद्ध धर्म गुरु र अनुयायीहरुले सामूहिक रुपमा शान्ति पूजा गरेका थिए । 

सोही अवसरमा डोल्पा मार्गोम गुम्वाका प्रमुख रिम्पोछे स्वर्गीय क्याव्जे मार्गोम रिम्पोछेको सम्झनामा निर्मित स्तुपामा बौद्ध परम्परा अनुसार प्राण प्रतिष्ठा गरिएको थियो । 

डोल्पो समाजका अध्यक्ष निमा रिम्पोछोले समग्र विश्व शान्ति र मानवकल्याणका साथै देशमा शान्तिका लागि पूजा आयोजना गरिएको जानकारी दिए । 

सोहि अवसरमा माथिल्लो डोल्पाबाट चिसो छल्न काठमाडौैं आएका डोल्पावासीले आफ्नो परम्परागत सास्कृतिक नाचहरुसमेत प्रस्तुत गरेका थिए ।

प्रकाशित मिति : २८ कार्तिक २०८२, शुक्रबार  ७ : ०८ बजे

भदाै २४ ऐतिहासिक धरोहरमाथि भएको विध्वंश लोकतान्त्रिक इतिहासकै कालो दिन : प्रचण्ड

काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

सुख्खा पहिराले कर्णाली राजमार्ग अवरुद्ध

काठमाडौँ – कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ । उक्त

बालबालिकालाई ‘स्वर्णविन्दु’ प्राशन अभियान सुरु

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको बनेपास्थित जिल्ला आयुर्वेद चिकित्सालयले बालबालिकालाई स्वर्णविन्दु प्राशन

विपत्तिकै बीच एलपी ग्यासको मूल्यवृद्धि र अभाव आपत्तिजनक : कुलमान घिसिङ

काठमाडौँ – पूर्व ऊर्जामन्त्री कुलमान घिसिङले देश प्राकृतिक विपत्तिको पीडामा

मधेस प्रदेशमा गत वर्ष ५९१ किमी सडक निर्माण र विस्तार

जनकपुरधाम – मधेस प्रदेश सरकारले गत आर्थिक वर्ष २०८२.८३ मा