‘पुस्तकरहित शुक्रबार’ कार्यक्रम प्रभावकारी बनिरहेको छः उपप्रमुख डंगोल « Khabarhub

‘पुस्तकरहित शुक्रबार’ कार्यक्रम प्रभावकारी बनिरहेको छः उपप्रमुख डंगोल


२८ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : 3 मिनेट


120
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले सामुदायिक विद्यालयको शैक्षिक सिकाइ गुणस्तर र नतिजा सुधारका लागि पुस्तकरहित शुक्रबारका कार्यक्रम महत्वपूर्ण औजार बनेको बताएकी छन् । आज रानीबारी माध्यमिक विद्यालयमा पुस्तकरहित शुक्रबारका क्रियाकलापको निरीक्षण गर्दै उनले यस्तो धारणा राखेकी हुन् ।

‘हरेक बालबालिकाका अनुहारमा सिकाइप्रतिको उत्सुकता देखियो । शिक्षकले प्रदान गरेको लक्ष्यमा एकत्रित भेटिए । सबै कार्यक्रममा सहभागी भएका कारण कसैको अनुहारमा पनि खिन्नता देखिएन । वास्तवमा हामीले शिक्षण पद्धतिमा चाहेको पक्ष पनि यही हो’ डंगोलले भनिन्, ‘कक्षामा सिकेको सिपबाट सिर्जित विद्यार्थीको गुण, उनीहरुको दैनिक आचरण, घर, परिवार र समाजमा महसुस भएपछि अभिभावकहरुमा पनि सन्तुष्टि बढेको छ ।’

डंगोलले, विद्यार्थीहरुको मूल्याङ्कन शैक्षिक प्रमाण पत्रमा मात्र गरेर नपुग्ने बताउँदै बाल आचरणसँग सम्बन्धित सामाजिक पक्ष, मानसिक अवस्था, व्यवहारिक विभिन्न क्षेत्रको ज्ञान र सिप तथा क्षमतामा मूल्याङ्कन गर्न सकिन्छ भन्ने विषय स्थापित हुँदै गएको धारणा राखिन् ।

अवलोकनका क्रममा वडा नम्बर ३ का अध्यक्ष एवं महानगरपालिकाको विपद् व्यवस्थापन समितिका संयोजक प्रेम थापाले, दैनिक जीवनमा आइ पर्ने समस्या समाधानका लागि कक्षामा सिकेको सिप प्रयोग हुन थालेको बताए ।

महानगरपालिकाले सामुदायिक विद्यालयहरुको शैक्षिक सुधारका लागि २०८० सालमा बुक फ्री फ्राइडे अर्थात् पुस्तकरहित शुक्रबार कार्यक्रम कार्यान्वयनमा ल्याएको हो । यस दिनका कार्यक्रममा विद्यार्थीहरुले आफ्नो रुचिका क्षेत्र र व्यवहारिक अभ्यास भेट्न थाले । यसले उनीहरु विद्यालय आउन प्रोत्साहित हुन थाले । निमित्त शिक्षा अधिकारी केशवप्रसाद ज्ञवालीले प्रभावकारितामा प्राप्त नतिजा सुनाए ।

किताव तोकेर, हरफ घोकेर, पङ्ति पङ्तिमा अण्डरलाइन गरेर पढ्ने परम्परागत विधिबाट विद्यार्थीहरु बाहिर आए । विद्यालयका प्रधानाध्यापक नारायण गौत्तमले, सिकाइ उपलब्धिलाई ग्रेडमा भन्दा सिपमा मापन गर्ने प्रणाली विकास हुँदै गएको धारणा राखे ।

पुस्तकरहित शुक्रबारका कार्यक्रमअन्तर्गत कक्षा १ देखि कक्षा ३ सम्म ‘एकीकृत सिकाइ’, कक्षा ४ देखि ८ सम्मका बालबालिकाका लागि २५ वटा विधामा ‘सिर्जनात्मक सिकाइ’ तथा कक्षा ९ र १० का बालबालिकाका लागि १० विधामा ‘शिक्षामा सिप’ कार्यक्रम सञ्चालन हुने गरेका छन् ।

पुस्तकरहित शुक्रवारका कार्यक्रमसँगै महानगरपालिकाले शिक्षकहरुको क्षमता विकास र वृत्ति विकासका लागि टिचर्स कलेज कार्यक्रम, डाउन सिन्ड्रोम र अटिजमजस्ता विशेष क्षमता भएका बालबालिकाहरुका लागि कक्षा सञ्चालन गर्न विशेष क्षमता सहयोगी सहजकर्ताको परिचालन गर्ने जस्ता कार्यक्रमबाट विद्यालयमा सबैको पहुँच बढाउने कार्यक्रम थालेको छ ।

महानगरपालिकाले प्रारम्भिक बाल विकास तथा शिक्षाको पाठ्यक्रम २०७७ मा भएका व्यवस्था, विषयबस्तु छनोट र योजना, दैनिक कार्यतालिका, प्रारम्भिक बालविकास केन्द्रको न्युनतम मापदण्ड, प्रारम्भिक सिकाइ तथा विकास मापदण्डअनुसार प्रारम्भिक बाल विकास केन्द्र ९इसीडी० कक्षा सञ्चालन गरिरहेको छ ।

४ बर्षभन्दा कम उमेर भएका बालबालिकालाई प्रारम्भिक बाल स्याहार तथा विकास (अर्ली चाइल्ड केयर एण्ड डिभलपमेन्ट, इसीसीडी), ५ वर्षका बालबालिकालाई प्रारम्भिक बाल शिक्षा तथा विकास (अर्ली चाइल्ड एजुकेसन एण्ड डिभलपमेन्ट, इसीइडी) र कक्षा १ देखि ३ सम्मका बालबालिकालाई समेत इसीइडीको अवधारणा अनुरुप नै बालमैत्री शिक्षा कार्यान्वयन गर्ने नीति अनुरुप शिक्षण सिकाइ पद्धति अवलम्बन गरिएको छ ।

शैक्षिक नतिजालाई सैद्धान्तिक पद्धतिमा भन्दा व्यवहारिक र प्रयोगात्मक बनाउन गौरव योजनाअन्तर्गत ‘गरी खाने शिक्षा, महानगरपालिकाको इच्छा’ कार्यक्रम, विद्यालयको वातावरणीय सुधार स्वच्छता र सरसफाइका लागि ‘हरित विद्यालय’ स्वर्णिम योजना, विद्यालय स्तरबाटै खेलप्रति रुचि जगाउन ‘रचनात्मक विद्यालय’ कार्यक्रम सञ्चालित छन् ।

महानगरपालिकाभित्र ८७ वटा सामुदायिक विद्यालय छन् । यीमध्ये ३ वटा कारागारभित्र छन् । ४ वटा विशेष विद्यालय हुन् । एउटा रात्री विद्यालय र एउटा संस्कृत विद्यालय छ । यस्तै १० वटा धार्मिक र वैकल्पिक विद्यालय छन् । ५२४ वटा संस्थागत विद्यालय र २८ वटा सामुदायिक सिकाइ केन्द्र छन् ।

प्रकाशित मिति : २८ कार्तिक २०८२, शुक्रबार  ८ : ५० बजे

अमरेशलाई मिराजको पत्र: ‘कांग्रेसले नै तपाईंलाई सम्मानको व्यवहार गरेको हो’

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) डा. अमरेशकुमार सिंहलाई ‘जेनजी’

गगनलाई चन्द्र भण्डारीको सुझाव- राजीनामा दिने होइन जिम्मेवारी पुरा गर्ने समय हो

काठमाडौँ – नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले पार्टी सभापति गगनकुमार

पर्सामा रास्वपालाई समानुपातिकमा अग्र मत

पर्सा– गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ चारवटै सिट

गजेन्द्रनारायण अस्पतालको डेन्टल विभागमा आगलागी

सप्तरी– सप्तरीको राजविराजस्थित गजेन्द्रनारायणसिंह अस्पतालको डेन्टल (दन्तरोगसम्बन्धी) शाखाअन्तर्गत बहिरङ्ग (ओपीडी)

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक्स–रे सेवा बन्द

जुम्ला– जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक्स–रे सेवा बन्द भएको