जनार्दन पक्षको ‘प्रगतिशील नागरिक पार्टी’ दर्ताका लागि आयोगमा निवेदन « Khabarhub

जनार्दन पक्षको ‘प्रगतिशील नागरिक पार्टी’ दर्ताका लागि आयोगमा निवेदन


२८ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


270
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – तत्कालीन नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माको संरक्षणमा स्थापना गरेको ‘प्रगतिशील नागरिक पार्टी’ले २५ सदस्यीय केन्द्रीय समितिसहित पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ । सविन सिग्देल अध्यक्ष रहनेगरी र निर्वाचन चिह्न तीन पात प्रस्ताव गर्दै आज दर्ताका लागि निवेदन दिएको हो ।

सो पार्टीको उपाध्यक्ष यमुना पुडासैनी र युगल ढकाल, महासचिव सुरेशप्रसाद केसी, सचिवमा नवीनकुमार साह, चन्द्रकला बाँस्तोला, सुशीला महतो र सचिव शुभेक्षा श्रेष्ठ र कोषाध्यक्षमा राधिका नेपाली छन् ।

सदस्यहरूमा शिशिर आदित्य गौतम, रोमन पराजुली, रामचन्द्र कार्की, किरण चन्द, सन्ध्या नेपाल, समृद्धि विष्ट, युनिक शर्मा, प्रवीणकुमार यादव, सौरव दवाडी, सौम्य श्रेष्ठ, विशाल गेलाल, अभय शर्मा, वर्षा पराजुली, कल्पना लामा, दुर्गादेवी न्यौपाने र सीता राई छन् ।

निर्वाचन चिह्न तीन पात प्रस्ताव गर्दै यही कात्तिक २१ गते आयोगमा निवेदन पेस भएको थियो । तर, आज दलको नाम संशोधन गर्दै केन्द्रीय समितिमा रहेकाले सनाखत गरी पुनः दर्ताका लागि निवेदन दिएको हो ।

प्रकाशित मिति : २८ कार्तिक २०८२, शुक्रबार  ९ : ४९ बजे

जेनजी सहिदको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ– राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठानले जेनजी सहिदको स्मृतिमा दीप प्रज्वलन

यी हुन् नेकपा एमालेको समानुपातिक तर्फको बन्दसूचीका ११० जना उम्मेदवार

काठमाडौँ– फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फका उम्मेदवारको

सशस्त्रका डीएसपी कोइरालाको निधन

कााठमाडौँ – इलामको सीमा सुरक्षा गुल्म पशुपतिनगरका गुल्मपति सशस्त्र प्रहरी

सिकार खेल्न गएका ६ मध्ये एकजनाको गोली लागेर मृत्यु, पाँचजना पक्राउ

सुर्खेत- यही पुस १३ गते जाजरकोटको बारेकोट गाउँपालिका–८ स्थित मिरिकोट

वीर अस्पतालमा १०३ वर्षीया वृद्धाको मस्तिष्कको दुर्लभ शल्यक्रिया

काठमाडौं- वीर अस्पतालले १०३ वर्षीया वृद्धाको सफल मस्तिष्क शल्यक्रिया गरी