जनार्दन पक्षको ‘प्रगतिशील नागरिक पार्टी’ दर्ताका लागि आयोगमा निवेदन « Khabarhub

जनार्दन पक्षको ‘प्रगतिशील नागरिक पार्टी’ दर्ताका लागि आयोगमा निवेदन


२८ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


270
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – तत्कालीन नेकपा (माओवादी केन्द्र)का उपमहासचिव जनार्दन शर्माको संरक्षणमा स्थापना गरेको ‘प्रगतिशील नागरिक पार्टी’ले २५ सदस्यीय केन्द्रीय समितिसहित पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ । सविन सिग्देल अध्यक्ष रहनेगरी र निर्वाचन चिह्न तीन पात प्रस्ताव गर्दै आज दर्ताका लागि निवेदन दिएको हो ।

सो पार्टीको उपाध्यक्ष यमुना पुडासैनी र युगल ढकाल, महासचिव सुरेशप्रसाद केसी, सचिवमा नवीनकुमार साह, चन्द्रकला बाँस्तोला, सुशीला महतो र सचिव शुभेक्षा श्रेष्ठ र कोषाध्यक्षमा राधिका नेपाली छन् ।

सदस्यहरूमा शिशिर आदित्य गौतम, रोमन पराजुली, रामचन्द्र कार्की, किरण चन्द, सन्ध्या नेपाल, समृद्धि विष्ट, युनिक शर्मा, प्रवीणकुमार यादव, सौरव दवाडी, सौम्य श्रेष्ठ, विशाल गेलाल, अभय शर्मा, वर्षा पराजुली, कल्पना लामा, दुर्गादेवी न्यौपाने र सीता राई छन् ।

निर्वाचन चिह्न तीन पात प्रस्ताव गर्दै यही कात्तिक २१ गते आयोगमा निवेदन पेस भएको थियो । तर, आज दलको नाम संशोधन गर्दै केन्द्रीय समितिमा रहेकाले सनाखत गरी पुनः दर्ताका लागि निवेदन दिएको हो ।

प्रकाशित मिति : २८ कार्तिक २०८२, शुक्रबार  ९ : ४९ बजे

बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध

बागलुङ– बाढी तथा पहिरोका कारण बागलुङका दुई राष्ट्रिय राजमार्ग शुक्रबार

मौसम प्रतिकूल भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित

मुस्ताङ– मौसम प्रतिकूलता भएसँगै धार्मिक तथा पर्यटकीय जिल्ला मुस्ताङ सुनसान

नारायणी नदीले सतर्कता तह पार गर्‍यो

चितवन- नारायणी नदीले सतर्कता तह पार गरेको छ । बिहीबारदेखि

मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द

लमजुङ- निरन्तरको वर्षाका कारण मर्स्याङ्दी नदीमा पानीसँगै बालुवा तथा गेग्रानको

बाढी र पहिरोका कारण गुल्मीमा ११ परिवार विस्थापित

गुल्मी- अविरल वर्षासँगै आएको बाढी, पहिरो र हावाहुरीका कारण गुल्मीमा