मकवानपुरमा पुजारीको गोली हानी हत्या, एक जना पक्राउ « Khabarhub

मकवानपुरमा पुजारीको गोली हानी हत्या, एक जना पक्राउ


२८ कार्तिक २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


555
Shares
  • change font
  • change font
  • change font

बागमती – मकवानपुरको राक्सिराङ गाउँपालिका–१ कोलगैरीमा आज एक जनाको गोली हानी हत्या भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार आज स्थानीय ६४ वर्षीय ठूले गोलेको गोली हानी हत्या भएको हो । ठकुरीडाँडास्थित कुलदेवी मन्दिरका पुजारीसमेत रहेका गोलेको गोली लागेर घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रवक्ता राजुप्रसाद कुर्मीले जानकारी दिए । गोलेको हत्या आरोपमा स्थानीय ७५ वर्षीय इमानसिंह थोकरलाई पक्राउ गरिएको निमित्त प्रवक्ता कुर्मीले बताए ।

घटनाको सूचना पाउनासाथ इलाका प्रहरी कार्यालय मनहरी र जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले घटनास्थलभन्दा एक किलोमिटर कोलगौरीमा लुकिछिपी बसिरहेको अवस्थामा थोकरलाई पक्राउ गरिएको उनले बताए ।

पक्राउ परेका थोकरको साथबाट कटुवा पेस्तोल एक थान, पेस्तोलमा लाग्ने दुई राउण्ड गोली, खोका एक थान र एक सय ९० ग्राम गनपाउडर बरामद भएको प्रहरीले जनाएको छ । प्रारम्भिक अनुसन्धानका क्रममा पुरानो रिसिइबीका कारण थोकरले गोलेको गोली हानी हत्या गरेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : २८ कार्तिक २०८२, शुक्रबार  १० : ३६ बजे

उज्यालोका नेता भन्छन : सुदनजीले कुलमान दाइलाई फिल्मी शैलीमा उठाएर लगे

काठमाडौं- बौद्धस्थित एक होटलमा समानुपातिकको बन्दसूचीमा रहने ११० जनाको नाम

कुलमान पक्ष भन्छ : वार्ता भइरहेको छ, तर मिल्ने सम्भावना कमजोर

काठमाडौं- उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङ, राष्ट्रिय स्वतन्त्र पार्टीका

सीमान्तकृत समुदायका लागि नीतिगत सुधारबारे बहस

काठमाडौं– सीमान्तकृत तथा सामाजिक रूपमा बहिष्कृत समुदायको सशक्तीकरणका लागि आवश्यक

प्रधानमन्त्री कार्कीसँग राष्ट्रियसभा अध्यक्ष दाहालको भेट

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीसँग आज राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले शिष्टाचार

डा.अरुणको उम्मेदवारी खारेजीविरुद्धको रिटमा अन्तरिम आदेश

काठमाडौं– आसन्न नेपाल चिकित्सक संघको केन्द्रीय कार्यकारिणी समितिको उपाध्यक्ष तथा